रौतहटबाट जिटुसिटु परियोजनाको शुभारम्भ

रौतहट । जलवायु सम्बन्धी सचेतना गराउने उदेश्यले संचालन हुन लागेको ग्लोबल गल्स क्रिएटिङ चेन्ज (जीटुसीटु) परियोजना रौतहटको चन्द्रनिगाहपुरमा शुभारम्भ गरिएको छ । बुधबार रौतहटको चन्द्रनिगाहपुरस्थित गौतम होटलमा आयोजित कार्यक्रमको शुभारम्भ मधेश प्रदेश सरकारका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवालले बिरुवामा पानी हालेर गरेका थिए ।

कार्यक्रमको उद्घाटन गदै मन्त्री जयसवालले जलवायु परिर्वतनलाइ ठिक ठाउमा ल्याउन प्रकृति सुहाउदो काम गर्नुपर्ने बेला आएको बताएका छन् । जलवायु बिगार्ने काम प्रकृतिबाट नभएर कृतिम कार्यबाट भएको मन्त्री जयसवालको भनाइरहेको थियो । जलबायु परिवर्तनलाई ठिक ठाउँमा ल्याउनको लागि मधेश प्रदेश सरकार सहयोग गर्न तयार रहेको समेत उनले बताए ।

कार्यक्रममा मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह, बारागढी गाउँपालिका अध्यक्ष अशोककुमार जयसवाल,सुखवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसबन्त यादबले पनि कार्यक्रमको शुभकामना दिएका थिए ।

जीटुसीटु पारियोजनाले महिला र बालिकाहरूमा केन्द्रित लैंगिक समावेशी जलवायु परिवर्तनका लागि युवा नेतृत्व तयार गर्ने लक्ष्य राखेको सहयोगी संस्था रेस्टलेस डेभलपमेन्ट नेपालका कार्यक्रम प्रबन्धक संगीता महर्जनले बताउनु भएको छ । कार्यक्रमको लक्ष्य र उदेश्य’bout कार्यक्रम प्रबन्धक मर्हजनले प्रकाश पारेकी थिइन ।

ब्राजिलमा हाइवोस, इन्डोनेसियामा ह्युमानिस र नेपाल तथा युगान्डामा रेस्टलेस डेभलपमेन्टले गल्स च्याम्पियन कार्यक्रम मार्फत काम गर्ने तजुर्मा गरेको उनले जानकारी दिएकी छिन । जीटुसीटुको लक्ष्य लैंगिक समता र समावेशी जलवायु नीति तथा कार्यहरूको नेतृत्व गर्न, आकार दिन र जानकारी गराउन महिला–केन्द्रित जलवायु कार्यको विविध आन्दोलनलाई प्रबन्र्धन र उन्नत बनाउनु हो यस कार्यक्रमको मुख्य लक्ष्य रहेको कार्यक्रम प्रबन्धक महर्जनको भनाइ रहेको थियो । उद्घाटन कार्यक्रम साझेदार संस्था एसओडीसीसी पर्साका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अध्यक्ष देवालले यो कार्यक्रमलाइ पाइलट कार्यक्रमको रुपमा लिएको बताएका छन । मधेश प्रदेशको रौतहटको मौलापुर नगरपालिका,पर्साको सखुवा प्रसौनी गाउपालिका,बाराको बारागढी गाउपालिका र सर्लाहीको रामनगर गाउपालिकामा यो परियोजना संचालन हुने अध्यक्ष देवानले जानकारी दिएका छन । कार्यक्रममा सरकारी कार्यालयका अधिकारी तथा प्रतिनिधि, गर्ल च्याम्पियन र विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए।

मौलापुर नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, बारागढी गाउँपालिका र रामनगर गाउँपालिकाबाट १३ गल्स च्याम्पियनहरूलाई छनौट गरिएको थियो । यी तेह्र बालिकाहरूले आफ्नो क्षेत्रमा जलवायु कार्यको वकालत गर्नेछन् र सामाजिक अन्यायहरू सम्बोधन गर्ने आयोजक संस्थाले जनाएको छ ।

स्वागत कार्यक्रम पछि, मधेस प्रदेशमा बालिका र महिलाहरूले सामना गरेका चुनौतीहरू’bout प्यानल छलफल गरिएको थियो प्यानलिस्टहरूमा मौलापुर नगरपालिकाकी मेयर रीना शाह, बारागढी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी राय, सकुवाप्रसौनी गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद रौनियार र परिवर्तन एजेन्ट अनन्ती महतो ठाकुर थिए।

छलफलको सहजीकरण रेस्टलेस डेभलपमेन्टका डिजिटल कम्युनिकेसन कन्सल्टेन्ट शैलेन्द्र डंगोलले गरेका थिए । कार्यक्रमको संचालन एसओडीसीसी पर्साका सामाजिक परिचालक निरीक्षा चौधरीले गरेकी थिइन ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

epaper

ताजा समाचार

विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्‍यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध