छोरीको उपचारका लागि बुवा–आमाद्वारा सहयोगको याचना

राजविराज । १६ वर्षिया छोरी नितु बेहोस भएर वाक्य (स्वर) समेत गुमाएपछि सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीका भोरील रायलाई यति बेला छोरीको उपचारमा आर्थिक समस्या भएको छ ।

गाउँकै जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत नितु गत साउन ३१ गते विद्यालयबाट घर फर्केपछि अचानक घर आँगन मै बेहोस भएकी थिइन । नितुका दाजु राजनका अनुसार तत्काल उनलाई रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा भर्ना गरी उपचार गराउन थालिएको थियो ।

झण्डै १० दिन राख्दा पनि सुधार नदेखिएपछि उनलाई थप उपचारका लागि ३ दिन अघि मात्र धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गराइएको थियो । तर, त्यहाँ पनि उपचार सम्भव नभएको भनी भर्ना भएको तेश्रो दिनमा आएर चिकित्सकले जवाफ दिएको नितुका बुबा भोरीलले बताए ।

“अस्पतालले जटिल प्रकृतिको रोग देखिएको भन्दै तत्काल नितुलाई बाहिर लैजाने सल्लाह दिदै शनिबार डिस्चार्ज समेत गरिदिएका छन्” बुबा भोरीलले भने,–अहिले सम्म ऋण कर्जा गरेर राजविराज र धरानमा उपचार गराए, अब भने आर्थिक कारणले नै थप उपचार गराउन समस्या भएको छ ।”

उनले विद्यालयबाट फर्केका छोरी अचानक बेहोस हुनु र त्यसपछि वाक्य (बोली स्वर) पनि गुमाउन पुग्नु वारे चिकित्सकले केही बताउन नसकेको सुनाए । अहिले ५÷६ दिनयता छोरीको घाटी दायाँ बायाँ घुम्न पनि छाडेको र डाक्टरले यसलाई विचित्र खालको रोग भएको मात्र बताएको वुबा भोरीलको भनाई छ ।

धरानस्थित अस्पतालका डाक्टरले डिस्चार्ज गर्दै बाहिर लैजान सल्लाह दिदा आफुलाई भने आर्थिक समस्याले पिरोलेको उनले सुनाए । उनले फेरी पनि गाउँ घरकै साहु महाजनसँग ऋण सापटी माग्ने र सहयोग पाए छोरीलाई भारतको पटना वा दिल्लीमा लगि उपचार गराउने योजना बनाएको बताए । नितुको उपचारका लागि सम्पतीले थेग्न नसक्ने भएपछि परिवारजनले सहयोगको याचना गरेका छन् ।

गरिबीका कारण छोरीको थप उपचार गराउन समस्या भएको बताउँदै बुबा भोरीलले कुनै संघ संस्था र दाताको सहयोग मिले छोरीलाई बचाउन सकिने आशा समेत राखेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भीमेश्वरको मेयरमा कांग्रेसका मानन्धर र उपमेरमा एमालेकी बस्नेत निर्वाचित