अखिल (क्रान्तिकारी) खोटाङको अध्यक्षमा डार्विन चाम्लिङ चयन

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), खोटाङको अध्यक्ष डार्विन चाम्लिङ चयन भएका छन् । संगठनको १९ औं जिल्ला सम्मेलनबाट चाम्लिङ ३३ सदस्यीय जिल्ला कार्यसमितिको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

दिक्तेलस्थित शुभम् फाउण्डेशनमा गएराति सम्पन्न अधिवेशनले अखिल (क्रान्तिकारी) खोटाङको नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी राई, सचिवमा उमेश भट्टराई, सह–सचिवमा ललिजन राई र कोषाध्यक्षमा एलिसा राई चयन भएका छन् । अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

शपथ ग्रहणपछि आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष रेग्मीले अखिल (क्रान्तिकारी) अन्य संगठनभन्दा फरक र विशिष्ट रहेको दाबी गरे । उनले भने, “पछिल्लो समय शैक्षिक क्षेत्रमा भएका परिवर्तन अखिल (क्रान्तिकारी)को देन हो । यसलाई थप परिष्कृत र व्यवहारिक बनाउन आवश्यक छ । अझै पनि देशमा दुई खाले शिक्षा लागू भइरहेका छन् ।

यसलाई एउटै बनाउन आवश्यक छ । देशमा एउटै खाले शिक्षा कार्यान्वयन गराउन अखिल (क्रान्तिकारी) एकजुट भएर अगाडि बढ्नुपर्छ ।” कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै आफ्नो हक, अधिकार तथा शैक्षिक सुधारका निम्ति डटेर लाग्न आग्रह गरे ।

सम्मेलनको बन्द सत्रले संगठनको आर्थिक तथा सांगठनिक प्रतिवेदन र भावी रणनीतिसमेत पारित गरेको छ । नवनिर्वाचित अध्यक्ष चाम्लिङका अनुसार, कार्यसमितिको पहिलो बैठक आज (आइतबार) बसेर १९ औं जिल्ला सम्मेलनले पारित गरेका भावी कार्ययोजनाहरू सार्वजनिक गर्ने तयारी गरिएको छ । ‘समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो आन्दोलन, विकृति, विसंगति र बेथितिकाविरुद्ध १९ औं जिल्ला सम्मेलन’ भन्ने नाराका साथ उद्घघाटन भएको सम्मेलनमा पार्टीका विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो ।

यसमा पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, जिल्ला इन्चार्ज ध्रुव बुढाथोकी ‘धिरेन’, प्रदेश उपाध्यक्ष देवान किराती ‘पृथ्वी’, प्रदेश सदस्य एवम् विद्यार्थी फ्याक्शन इन्चार्ज गोपालचन्द्र राई लगायतका नेताहरू सहभागी थिए । कार्यक्रममा सहभागी विद्यार्थी नेता वक्ताहरूले शैक्षिक क्षेत्रमा भएका वर्तमान उपलब्धिमा अखिल (क्रान्तिकारी)को महत्वपूर्ण भूमिका रहेको भन्दै उल्लेख गरे ।

सम्मेलनमा जिल्लाका दश वटै स्थानीय तह, छ वटा क्याम्पस र ९६ वटा माध्यमिक विद्यालयमा गठित अखिल (क्रान्तिकारी) को संगठनबाट चयन भएका प्रतिनिधि तथा पर्यवेक्षकहरू सहभागी थिए ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
संसद विघटन गर्ने ओलीलाई किन भोट दिने : देउवा