केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार प्रदान

काठमाडौं । १५९ औं मोती जयन्तीको अवसरमा २०८१ को अबसरमा ‘युवावर्ष मोती पुरस्कार–८१’ बाट युवा बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई पुरस्कृत गरिएको छ । गजलकार मोतीराम भट्टको जन्मजयन्तीको अबसर पारेर सोमबार कुशे औंशीको दिन काठमाडौंमा एक समारोहबीच श्रेष्ठलाई यो पुरस्कार प्रदान गरिएको हो । पुरस्कार स्वरुप उनलाई प्रा.डा. माधवप्रसाद पोखरेलले ४० हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरे ।

राष्ट्रिय युवा सेवा कोषद्धारा गठित प्रा. रामकुमार पाँडेको संयोजकत्वको मूल्याङ्कन समितिले केदारलाई पुरस्कारको लागि चयन गरेको हो,‘ धादिङका श्रष्टा केदार श्रेष्ठले बालसाहित्य र रङ्गमञ्चमार्फत नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा श्रीवृद्धिका लागि योगदान पु¥याएले यो पुरस्कार प्रदान गरिएको हो ।’ पाँडेले भने । ४० वर्ष ननाघेका युवा सर्जकलाई नियमित प्रदान गरिदैँ आएको ‘युवावर्ष मोती पुरस्कार’ पहिलोपटक साहित्यकार दैवज्ञराज न्यौपानेलाई प्रदान गरिएको उनले स्मरण गरे ।

पुरस्कार ग्रहणपश्चत कार्यक्रममा बोल्दै केदार श्रेष्ठले आफुले बालसाहित्य र रँगमञ्चमा दिएको योगदानको मूल्याँन भएको भन्दै खुसी व्यक्त गरे । नेपाली बालबालिका र बालसाहित्य पहिलो प्राथमिकतामा रहनुपर्ने उनले बताए ।

समारोहका नेपाली शिक्षा परिषदका अध्यक्ष रमा शर्माले मोतीजयन्ती परम्परालाई ७० वर्षदेखि निरन्तरता दिइरहेको जनाउँदै उनका सृजनाहरुलाई अघि ल्याउने पर्नेमा जोड दिईन् । यो पुरस्कार राष्ट्रिय विभूति साहित्यकार मोतीराम भट्टको सम्झनामा विं.सं.२०४२ मा स्थापना भएको शर्माले जानकारी गराईन् ।

कार्यक्रममा प्रा.डा पोखरलले मोतीराम भट्टको योगदान र युवावर्ष मोती पुरस्कारको गरिमामाथि प्रकाश पार्दै नेपाली गजलमा मोतीको योगदानलाई हामीले कहिल्यै विर्सन नहुने बताए । सो कार्यक्रममा मोतीको समस्यापूर्ति कविता लेखनलाई निरन्तरता दिँदै कवि गोष्ठि समेत गरियो ।

तपाइको प्रतिक्रिया
(Visited 448 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग