डीआईजी पोखरेलमाथि कारबाही तयारी

काठमाडौं । नेपाल प्रहरीले मधेस प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञविनोद पोखरेललाई कारबाहीको तयारी गरिएको छ । मधेसमा घुमुवा र बिचौलियामार्फत लाइन खुलाएर तस्करी गरेको भेटिएको भन्दै उनीमाथि कारबाहीको तयारी गरिएको हो ।

उनीविरुद्ध उजुरी परेपछि भएको अनुसन्धानपछि प्रहरीले उनीसँग निकट बिचौलियालाई पक्राउ गर्दै १० जना घुमुवालाई प्रहरी प्रधान कार्यालय झिकाएर सोधपुछ थालेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गत बुधबार रूपन्देहीमा आयोजित एक कार्यक्रममा डीआईजी पोखरेलको नाम नलिई एक डीआईजीमाथि कारबाहीको प्रक्रिया अघि बढिरहेको बताएका थिए ।

– लाइन खुलाएर तस्करी गरेको आरोप

– १० प्रहरी छानबिनका लागि हेडक्वार्टर तानिए

त्यसबेला प्रहरी महानिरीक्षक कुँवरले सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एक जना डीआईजी फस्न लागेको खुलासा गरेका थिए । उनले संकेत गरेका डीआईजी अरू कोही नभएर उनकै ब्याची पोखरेल हुन् ।

डीआईजी पोखरेल आगामी १४ असोजमा डीआईजीको ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । डीआईजी पोखरेलले आफ्नो बै ंक खाताबाटै लेनदेन गरेको प्रमाण भेटिएको प्रहरी स्रोतको दाबी छ । उनीमाथि भइरहेको छानबिनका क्रममा उनले बिचौलियामार्फत लेनदेन गरेको प्रमाण नै भेटिएको प्रहरी मुख्यालयको दाबी छ ।

पोखरेलले जितेन्द्र कर्ण नामक बिचौलियामार्फत तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको स्रोत बताउँछ । डीआईजी पोखरेलमाथि भइरहेको छानबिनकै क्रममा नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानबिन शाखाले मधेस प्रदेशका ९ र कोशी (भोजपुर)का एक जनासमेत गरी १० प्रहरीलाई छानबिनका लागि मुख्यालय तानेको छ ।

मुख्यालय तानिनेमा प्रहरी नायब निरीक्षक चन्द्रप्रसाद यादव (सीमा प्रहरी चौकी दुहबी धनुषा), प्रहरी सहायक निरीक्षक उपेन्द्रप्रसाद यादव (प्रहरी चौकी मोहवा सप्तरी), वरिष्ठ हबलदार निरजकुमार साह (जिप्रका धनुषा), हबलदार बच्चेलाल यादव (जिप्रका बारा), हबलदार बृजेश मुखिया (इप्रका बालांखा भोजपुर), हबलदार शैलेन्द्रप्रसाद कुर्मी (इप्रका निजगढ), सहायक हबलदार ईश्वर अच्छामी (मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम), सहायक हबलदार मुकुन्द शर्मा (प्रहरी चौकी कपिलेश्वर धनुषा), अशोककुमार यादव (प्रहरी चौकी जनकुरधाम) र जवान सतेशलाल कायस्थ (जिप्रका धनुषा) रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 398 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इन्द्रजात्रा समारोहमा बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती, प्रहरीले बाहिर निकाल्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता