केटी हराएको सूचनामा तराईको कथा भन्दै गौचन

काठमाडौं । दिपेन्द्र गौचन बृत्तचित्रका अग्रणी निर्माता हुन् । यिनै निर्देशक नेपाली लामो समयपछि चलचित्र निर्देशनमा फर्किएका छन् । यसपटक आफ्नो निर्देशनमा गौचनले नयाँ चलचित्र ‘मिसिङ्गः केटी हराएको सूचना’ निर्माण गरेका छन् ।

उनले दुई दशक अघि नुवाकोटको कागेत गाउँको बलामी समुदायको बाल विवाहमा आधारित चलचित्र ‘उजेलीः ए चाइल्ड ब्राइड इन नेपाल’ निर्देशन गरेका थिए । यो चलचित्रले विश्वका धेरैवटा चलचित्र महोत्सबमा अवार्ड जित्यो । उनको यो चलचित्रले त्यतिबेला नेपाली चलचित्र उधोगमा एउटा नविन तरँग ल्याएको थियो । यिनै निर्देशकले ट्राइ–सिटी पिक्चर्सको सहकार्यमा यतिबेला नयाँ चलचित्र ‘मिसिङ्गः केटी हराएको सूचना’ निर्माण गरेका हुन् ।

मँगलबार बेलुका काठमाडौंमा एक समारोहबीच उनले चलचित्रको निर्माण तिब्रगतिमा भईरहेको बताए । चलचित्रलाई आफु र नकिम उद्दिनले मिलेर स्थापना गरेको ट्राइ–सिटी पिक्चर्समार्फत तयार गरेको पनि उनले जनाए । ‘मिसिङ्गः केटी हराएको सूचना’ मनोरञ्जन मात्र नभई सामाजिक रूपमा प्रभाव पार्ने चलचित्र निर्माण गरेको पनि उनले कार्यक्रममा जिकिर गरे ।

निर्देशक गौचनले चलचित्र मिसिङ्गको निर्माणका लागि नकिम उद्दिनलगायतका चलचित्रकर्मीबाट पाएको प्रेरणाको खुलेर प्रसँसा गरे, ‘नेपाल फर्केर मैले धेरैजसो चलचित्र पहाड र हिमाली क्षेत्रमा बनाइएको देखेँ । यी क्षेत्रहरू प्रतिष्ठित भए पनि म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थें । उनले अगाडि थपे,‘यो चलचित्र मेरो मनको नजिक छ र यसले पारम्परिक र जातीय सीमानाहरू पार गर्ने, विविधताको बीचमा समानता खोज्ने कुराको नेपाली समाजमा प्रतिनिधित्व गर्नेछ ।’

निर्देशक गौचनले कार्यक्रममा सन २०२५ को भिजनमा नेपाली चलचित्रलाई फस्टाउँदो, विश्वव्यापी रूपमा मान्यता प्राप्त उद्योगमा रूपान्तरण गर्ने योजना सुनाए,‘नेपालको तराई क्षेत्रको जीवन्त पृष्ठभूमिमा आधारित यस ब्यानर अन्तर्गतको पहिलो चलचित्र, मिसिङः केटी हराएको सूचना, यही दृष्टिकोणको प्रमाण हो ।’ निर्देशक गौचनले भने,‘यस चलचित्रमा पहाडी समुदायका युवा र मधेसी समुदायकी युवतीको रहनसहन र मेलमिलापको कथा समेटिएको छ । चलचित्र तराई क्षेत्रको सौन्दर्य र संस्कृतिको विरुद्धमा रहेको पहाडी–मधेसी मेलमिलापको अभियान चलेको छ ।’

यो चलचित्रको कार्यकारी निर्मातामा नकिम उद्दीन, छायांकनमा अमर महर्जन, सम्पादनमा निमेश श्रेष्ठ, कला निर्देशनमा अक्की थेक्पा, साउण्ड डिजाइनमा श्रावल आरपी, संगीत संयोजकमा क्रिस मसन्ड रहेका छन् । चलचित्रमा सीताको भूमिकामा सृष्टि श्रेष्ठ र रामको भूमिकामा नाजिर हुसेन छन् । यस्तै संजय मिश्रा, अमितेश शाह, जनकपुरका थुप्रै स्थानीय कलाकारहरु यो चलचित्रमा समेटिएको पनि निर्देशक गौचनले कार्यक्रममा बताए ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

epaper

ताजा समाचार

राति १० बजेसम्म मात्रै बल्ने धनगढीका सडक बत्ती