आपराधिक मुद्दाको आरोपमा साह पक्राउ

सप्तरी । सरकारी कागजपत्र च्यातेको तथा कार्यालयमा अशान्ति मच्याएको आरोपमा बुधबार सप्तरीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राजविराजस्थित नापी कार्यालयमा गएर कर्मचारीहरुसीत दुव्र्यहार गरी कागजपत्र समेत च्यातेको आरोपमा सप्तरीको रुपनी गाउँपालिका १ निवासी ४० वर्षिय प्रमोद साह “राणा” लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कार्यालयमा गएर कर्मचारीलाई दुव्र्यहार गर्नुका साथै कार्यालयको क्षेत्रिय बुक समेत च्यातेर फ्यालेको आरोपमा साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले बताए ।

उनीमाथी आपराधिक उपद्रव शिर्षकमा मुद्दा चलाइने तथा बुधबार नै सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पक्राउ परेका साह मिटर ब्याजी बिरुद्ध गठित संघर्ष समितिमा बसी समय समयमा गरिने प्रदर्शनमा सहभागि हुँदै आएका छन् । उनले नापी कार्यालयमा कर्मचारीले सेवाग्राहीसँग घुस मागेको विषयमा प्रश्न उठाउँदा र भिडियो बनाउन खोज्दा अचानक प्रहरी आएर आफूलाई पक्राउ गरेको दाबी गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 240 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण