सडकका कुकुरलाई खुवाउँदै अभिनेता अभिनेत्री

काठमाडौं । विगत २५ दिनदेखि मुलुकमा लकडाउन जारी छ । जसका कारण सहरका सडकमा आश्रित कुकुर भोकै पर्न थालेका छन् । यस्ता कुकुरलाई खुवाउन अहिले नेपाली चलचित्रका केही कलाकार सक्रिय देखिएका छन् ।

काठमाडौं महानगरपालिकाभित्र मात्रै करिब ८ हजार सडक आश्रित कुकुर रहेको बताइएको छ । लकडाउनका कारण सबै घरभित्र हुँदा यतिबेला यी कुकुरको अवस्था नाजुक छ ।

यही क्रममा नेपाली चलचित्रका नायक नायिकाले सडकमै पुगेर कुकुरलाई खुवाउन थालेका हुन् । यो अभियानको सुरुवात अभिनेत्री वर्षा सिवाकोटीले दुई साता अघिबाट गरेकी हुन् ।

वर्षाले आफ्नो घर नजिकका कुकुरलाई साँझ बिहान नियमित रूपमा खाने कुरा खुवाउने गरेको बताएकी छन् । आफ्नै घरमा कुकुर पालेकी वर्षा कुकुरलाई साह्रै माया गर्छिन् ।

अभिनेत्री वर्षा राउतले पनि सडकका कुकुरलाई खुवाउने काम सुरु गरेकी छन् । उनले पनि आफ्नो घरमा कुकुर पालेकी छन् । यी नायिकाको सडकमा आश्रित जनावरको पीडा बुझ्नुको कारण पनि उनी कुकुरप्रेमी भएर हो । अभिनेत्री वर्षा शिवाकोटीले जस्तै अभिनेत्री वर्षा राउतले पनि नियमित रूपमा सडकका कुकुरलाई खाना पानी दिँदै आएकी छन् । आफूले गरेको यो कामको यी अभिनेत्रीले भिडियोसमेत फेसबुकमा पोस्ट गरेकी छन् । त्यसो त अभिनेत्री वर्षाले आफ्ना श्रीमान् एवं अभिनेता संजोग कोइरालासँग मिलेर सडकमा आश्रित कुकुरलगायत जनावरलाई खुवाउन बेलाबेलामा स्नेह केयरलाई आर्थिक सहयोग पनि गर्दै आएकी छन् ।

अर्की अभिनेत्री प्रियंका कार्की पनि आफ्ना श्रीमान् एवं अभिनेता आयुष्मान देशराज जोशीसँग मिलेर यो काम गर्दै आएकी छन् । उनीहरूले आफ्नो बासस्थान ’roundका थुप्रै बिजुलीका पोलहरूको तल हरेक दिन कुकुर र अन्य जनावरका लागि बट्टामा खाना र पानी राखिदिने गरेका छन् । यसरी पोलमा कसरी बट्टालाई बाँधेर राख्ने भन्ने तरिका पनि उनले एउटा भिडियो फेसबुकमा सेयर गरेर सिकाएकी छन् । उनले आफ्ना क्षेत्रका पशुपन्छीका लागि यसैगरी खाना र पानी राखिदिन पनि सबैलाई अनुरोध गरेकी छन् । प्रियंका र आयुष्मान दुवैको यस्तो बेलामा हामीले जनावरलाई पनि बचाउनुपर्ने भनाइ छ ।

प्रियंका आफैंले पनि घरमा कुकुर पालेकी छन् । सोही कारण पनि सडकका कुकुरप्रति माया बढेको हो । त्यसो त मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले केही वर्ष अघिदेखि एउटा संस्था नै खोलेर काठमाडौंको सडकका कुकुरको सेवा गर्दै आएका छन् । उनीहरूले संस्थामार्फत काठमाडौं सडकमा बिरामी भएका कुकुरको उपचार गर्दै आइरहेका छन् । उनीको संस्थाले हजारौं कुकुरलाई उपचारदेखि बन्ध्याकरणसमेत गर्दै आएको छ । मह जोडीले सडकका कुकुरको संरक्षण गर्दै आएको बेला अहिले अन्य कलाकार पनि सडकका कुकुरलाई खुवाउन सक्रिय भएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पूर्व पत्रकार बाजुराको नगरप्रमुख र उपप्रमुख निर्वाचित