‘रावायणले दर्शकको रावणलाई हेर्ने दृष्टिकोण फरक हुनेछ’

काठमाडौं । निर्देशक सुदर्शन थापाले आफुलाई ‘लभस्टोरी’ जनराको निर्देशकको रुपमा स्थापित गर्दै आएका थिए । आफुले स्थापित गरेको लभस्टोरी जनरालाई तोडेर यसपटक यी निर्देशक ‘एक्सन’ जनराको चलचित्र ‘रावायण’ लिएर दर्शकमाझ आएका छन् । चलचित्र निर्देशनको १६ वर्ष यात्रामा उनले यसपटक एक्सन जनराको चलचित्र निर्देशन गरेका हुन् । शुक्रबारबाट देशका १२० भन्दा बढी चलचित्र घरमा प्रदर्शन भएको यो चलचित्र शुक्रबार र शनिबार सबैतिर हाउसफुल भएको सुदर्शनले दाबी गरे ।

२०६५ सालमा सुदर्शनले पहिलोपटक चलचित्र ‘मेरो एउटा साथी छ’को निर्देशन गरेका थिए । त्यतिबेला नेपालका मल्टिप्लेक्स चलचित्र घरमा यसलाई महत्वका साथ प्रदर्शन गरिएको थियो । धेरैले यो चलचित्रलाई कोरियन शैलीको लभस्टोरी चलचित्र भने । सुदर्शनका त्यस यताका बहुसँख्यक चलचित्र प्रेमकथामा केन्द्रिर भएर दर्शकमाझ आए । त्यसो त यो बीचमा सुदर्शनले थ्रिलर चलचित्र ‘धन्दा’, सामाजिक यथार्थ कथाबास्तुमा आधारित चलचित्र ‘प्रसाद २’ पनि आफ्नो निर्देशनमा दर्शकमाझ ल्याए । जसबाट आफुलाई फरक जनराको चलचित्र पनि बनाउन सक्ने निर्देशकको रुपमा चिनाए ।

यिनै सुदर्शनले यसपटक एक्सन जनरामा जोखिम उठाएका छन् । उनले रावायण’bout राजधानीसँग भने, ‘मैले प्रेमकथामा थुप्रै चलचित्रमार्फत दर्शकलाई रिझाउन सकेँ । तर अहिले बलिउड, दक्षिण भारत, हलिउडमा सर्वाधिक कमाउने चलचित्रको रुपमा स्पाई एक्सन जनराका चलचित्र अग्रपँक्तिमा छन् । अब हामी पनि त्यो जनरामा जानुपर्छ र विदेशी चलचित्र रुचाउने दर्शकलाई नेपाली चलचित्रमा आकर्षित गर्नुपछि भनेर यसपटक एक्सन जनरामा रावायण बनाएको हुँ ।’ नेपालमा हास्यप्रधान र प्रेमकथामा आधारित चलचित्र लगातार आईरहेकाले दर्शकले केही फरक स्वादको चलचित्र खोजिरहेको यि निर्देशकलाई लाग्यो । यहीकारण नयाँ स्वाद बोकेर आफु रावायणमार्फत आएको पनि निर्देशक सुदर्शन थापाले राजधानीलाई बताए । यो चलचित्र प्रेमकथामा आधारित भए पनि एक्सन जनरामा केन्द्रित रहेको यी निर्देशकले प्रस्ट्याए ।

यो चलचित्रबाट आफ्नो मात्र नभएर अभिनेता पल शाह र अभिनेत्री पुजा शर्माको पनि जनरा परिवर्तन गरेको यी निर्देशकले प्रस्ट्याएका छन्, ‘पल र पुजा यसअघि लभस्टोरी चलचित्रमा मात्र सफल देखिएका थिए । यी दुई कलाकार एक्सन र नृत्यमा पनि त्यत्तिकै राम्रो काम गर्न सक्छन भनेर पनि मैले पुष्टी गर्नु थियो ।’ जुनकुरा चलचित्र रावायणले पुष्टी गरेको सुदर्शनको कथन छ ।

पललाई खल र असलगरी दोहोरी चरित्रमा उतार्न सुदर्शनका लागि त्यति सहज थिएन् । पलका लागि पनि एउटै क्यानभासमा दुई चरित्रलाई एक अर्काको प्रतिस्पर्धीको रुपमा प्रस्तुत गर्नु त्यत्तिकै जोखिम थियो । सहज काम त जसले पनि गर्ने भएकाले यसपटक आफुहरुले जोखिमपूर्ण कार्य गरेको सुदर्शनले प्रस्ट्याए ।

राजधानीसँग गफिने क्रममा सदर्शनले आर्थिक पाटोको ’bout भने,‘लभस्टोरी जनराको चलचित्र भन्दा एक्सन जनराको चलचित्रको लगानी करिब दोब्बर हुँदो रहेछ । दैनिक १०० जना भन्दा ठुलो युनिटले बैशाख जेठमा ४२ डिग्रीको तापमानमा सर्लाही र जनकपुरमा काम गर्दा धेरै कलाकार विरामी भए ।’ तथापि सबैको निरन्तर मेहनतले एउटा एक्सन प्रधान चलचित्र दर्शकमाझ ल्याउन आफुहरु सफल भएको पनि यी निर्देशकले बताए ।

सुरुका दिनमा अभिनेता अनमोल केसीसँगको विभेदका कारण चलचित्र रावायण नबन्ने होकी भन्ने धेरैलाई लागेको थियो । अनमोल र नीति शाह यो चलचित्रबाट बाहिरिएपछि पल शाह र पुजा शर्मालाई अनुबन्धित गरियो । यसलाई अन्तत सुदर्शनले बनाउरै छाडे ।

रावायण निर्माण गर्नुको कारण’bout यिनले भने, ‘हामीले रामायणमा रामको कथा मात्र पढ्यौं, हेर्यौ र सुन्यौ । त्यो भित्र रावणको पनि त कथा थियो होला नि, त्यसलाई हामीले पटक्कै चासो दिएनौं ।’ उनले थपे, ‘यो चलचित्र धार्मिक विषयसँग सम्बन्धित नभए पनि अहिलेको समयमा रावणजस्तो मान्छेको कथा र प्रेम पनि छ भन्ने कोणबाट यो चलचित्र बनाउन खोजेका हौं । अहिले बजारमा चलिरहेको चलचित्रको सिद्धान्त भन्दा फरक सिद्धान्तबाट हामीले यसको दृश्यको सृजनालाई नै परिवर्तन गरेका छौं ।’

चलचित्र रावायण हेरेपछि रावणप्रति दर्शकको हेर्ने दृष्टिकोणमा परिवर्तन आउने र रावणमा पनि असल चरित्र थियो भन्ने महसुस दर्शकमा हुने निर्देशक सुदर्शनको विश्वास छ, ‘रावण पुरुषार्थी, शक्तिशाली, ज्ञानी, वैज्ञानिक र सबै चिजबाट भरिपूर्ण व्यक्ति थिए, तर रावणले सीतालाई हरण गर्नु नै उनको सबैभन्दा ठुलो गल्ती थियो । नत्र त रावणलाई लँकादेखि समित्राटापुसम्मका सबैले त्यतिबेला सम्राटको रुपमा मानेकै हुन नी ।’ सुदर्शनले थपे, ‘रावण आफैंमा खलचरित्र नभएकाले उनलाई रामको दृष्टिकोणले मात्र खलनायक नमानौं भन्ने कुराबाट चलचित्र रावायण प्रभावित छ ।’

चलचित्र रावायणको दुई दिनको राम्रो व्यापारले यतिबेला सुदर्शन हर्षित छन् । नेपाली नारीको विशेष पर्व तीजसँगै आफ्नो जन्मदिन २१ भदौको अबसरमा उनले शुक्रबारबाट यो चलचित्र देशव्यापी रुपमा र विभिन्न बाह्य मुलुकमा प्रदर्शन गरेका हुन् । दुई दिनको ब्यापार’bout निर्देशक सुदर्शन थापाले भने,‘शुक्रबार र शनिबारको व्यापार राम्रो छ । हामी आउँदो शुक्रबार पहिलो साताको ब्यापार कती भयो भनेर बक्स अफिस रिपोर्ट सार्वजनिक गर्नेछौं ।’ यो चलचित्रमा पल शाह र पुजा शर्मासँगै प्रमोद अग्रहरी, प्रियँका कार्की, प्रकाश शाहसहित जनकपुराका दुई दर्जन भन्दा बढी स्थानीय कलाकारको अभिनय रहेको पनि सुदर्शनले बताए । बिगतमा हिमाल पहाड र काठमाडौंको काठ क्षेत्रका कथा प्रस्तुत गर्ने सुदर्शनले यसपटक तराई र नेपाल भारतको सिमा क्षेत्रका विविध अपराध एवम् समस्यालाई यो चलचित्रमा प्रस्तुत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खसीबोका र च्यांग्राको मूल्य सस्तियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
१०८ बर्षिय महिलाले गरिन मतदान