बलिउड अभिनेता नवाजुद्दिन काठमाडौंमा

काठमाडौं । बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी यतिबेला काठमाडौंमा छन् । शनिबार दिउँसो उनी मुम्बईबाट काठमाडौं आएका हुन् । उनी नेपाली चलचित्र ‘शाम्बाला’को प्रिमियरमा सहभागि हुन नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल र नेपाली चलचित्रकर्मीको खुलेर प्रसँसा गरे । विमानस्थलमा यी अभिनेतालाई निर्देशक मिनबहादुर भामले स्वागत गरे ।

अभिनेता सिद्दिकी पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् । यसपटक काठमाडौको बसाईमा चलचित्र शाम्बालाको प्रिमियरमा सहभागी हुनुका साथै यहाँका केही महत्पूर्ण स्थानको भ्रमण गर्ने पनि उनले बताए । अन्तराष्ट्रिय रुपमा ख्याति कमाएको चलचित्र शाम्बाला २८ भदौबाट नेपालमा रिलिज हुँदैछ ।

बर्लिन अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा दर्शकको मन जित्न र पुरस्कार पाउन सफल चलचित्र शाम्बाला बनाउने निर्देशक मिनबहादुर भाम नेपालका राम्रा निर्देशक भएको अभिनेता नवादुद्दिनले बताए । उनीसँग काम गर्ने इच्छा समेत उनले सञ्चारकर्मी सामु व्यक्त गरे । उनले यो चलचित्र बर्लिन अन्तराष्ट्रिय चलचित्र महोत्सबमा हेर्दाको अनुभव पनि सुनाए । लोकार्नोमा यो चलचित्रले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेको पनि यी अभिनेताले खुलेर प्रसँसा गरे ।

नेपाली चलचित्र पनि अन्तराष्ट्रिय बजारमा सफल भएकोमा उनले खुसी व्यक्त गरे । भामजस्ता निर्देशकले नेपाली चलचित्रलाई अझ धेरै माथि पु-याउने विश्वास आफुले लिएको पनि उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

epaper

ताजा समाचार

कक्षा १२ को नतिजा सार्वजनिक