गौचनको केटी हराएको सूचना कात्तिक अन्तिममा

काठमाडौं । निर्देशक दीपेन्द्र गौचनले आफ्नो चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ आगामी ३० कात्तिकमा रिलिज गर्ने भएका छन् । यो चलचित्रको शुक्रबार टिजर सार्वजनिक गर्दै यसको प्रदर्शन मिति घोषणा गरिएको हो ।

दुई दशकपछि कथानक चलचित्रबाट नेपाली दर्शकमाझ निर्देशक गौचन आउन लागेका हुन् । उनले त्यतिबेला निर्देशन गरेको बाल कथामा आधारित चलचित्र उजेली देश बिदेशमा लोकप्रिय भएको थियो । त्यसपछि बृत्तचित्रको निर्देशनसँगै केही वर्ष कम्बोडियामा चलचित्रमा काम गरेर नेपाल फर्किएका दीपेन्द्रले यसपटक ‘मिसिङ : केटी हराएको सूचना’ निर्देशन गरेका हुन् । यो चलचित्रमा नाजिर हुसेन, सृष्टी श्रेष्ठ, अमितेश शाहसहित विभिन्न कलाकारहरुको अभिनय रहेको छ ।

निर्देशक गौचन र क्युएफएक्स चेन सिनेमाघरका सञ्चालक नकिम उद्दिनले मिलेर स्थापना गरेको ट्राइ–सिटी पिक्चर्सले चलचित्र ‘मिसिङ ः केटी हराएको सूचना’ निर्माण गरेको हो । आफुहरुले मनोरञ्जन मात्रनभई सामाजिक रूपमा प्रभावपार्ने चलचित्र निर्माण गरेको निर्देशक गौचनले बताएका छन् ।

यो चलचित्र तराई क्षेत्रमा हुने अपराध र त्यहाँको जीवनशैलीमा केन्द्रित रहेको छ । तराईमा पहाडे समुदाय र मधेसी समुदायको केटाकेटीबीचको प्रेमले निम्त्याउने विभेदको कथा यो चलचित्रमा समेटिएको पनि निर्देशक गौचनले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 116 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धार्मिक पर्यटन प्रर्वद्धनमा शक्तिपीठका सर्किट ‘कोशेढुंगा’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन विषयमा डिग्री गरेकी रजनी ३० वर्षमै मेयरको उम्मेदवार