कर्मचारी दिवसमा मुगुमा सरसफाई

मुगु । निजामति कर्मचारी दिवसको उपलक्ष्यमा मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकाका कर्मचारी र पुलु प्रहरी चौकी अन्तर्गतका कार्यरहत प्रहरी जवानद्वारा हिजो शनिवार सरसफाई गरिएको छ ।

कार्मारोङ गाउँपालिकामा कार्यरत लेखा, प्रशासन, स्वास्थ्य शाखाका कर्मचारी र सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत प्रहरी चौकी पुलुका सुरक्षाकर्मीलगायतले संयुक्त रुपमा पुलु बजार सरसफाई गरिएको प्रहरी चौकी पुलुका इन्चाज भीम सुनारले जानकारी दिए ।

सरसफाइृमा बाटोमा उर्मेको झाडी उखेल्नेदेखि जताभावी फालेको शिसा, पलाष्टिक जन्य फोहोर, भिरबाट आएको ढुङ्गालगायत फोहोर जन्य बस्तु उठाइएको कार्मारोङ गाउँपालिकाका महिला विकास शाखाकी महिला विकास निरीक्षण सविना मल्लले जानकारी दिइन ।

बाटोमा झाडी उर्मेर हिड्नै नमिल्ने हुँदा र सर्प दंसको डर हुने भएकाले झाडी उखेलेर फालिएको हो । सरसफाईमा पुलु बजार मात्र नभई पुलु बजारदेखि गमगढीतिर आउने बाटोको अगाडीतिर पनि सरसफाइ गरिएको छ ।

कार्मारोङ गाउँपालिकाका स्थानीय कर्मचारीलगायत अन्य सरोकारवाला निकायाले २१ औ निजामति सेवा दिवस ‘ब्यवासायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासान’ भन्ने नाराका साथ मनाइएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जित्ने र हार्ने दुवै विजय उत्सवमा