पोखरा । सातौं मिस मगर नेपालको उपाधि कृष्टिना पुनमगरले जितेकी छिन् ।
एसटी क्रियशन आयोजनामा पोखरामा भएको ग्राण्ड फिनालेमा १० प्रतिस्पर्धीलाई पछि पार्दै म्याग्दी दग्नामकी कृष्टिनाले उपाधिसहित १ लाख, ट्रफी तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् । उनले मस्ट चार्मिङको अवार्डसमेत हात पारिन् । फस्ट र सेकण्ड रनर अप पनि म्याग्दीकै भए । म्याग्दीका आशिका गर्बुजामगर फस्र्ट रनरअप र सेकेन्ड रनरअप नरिशा पुनमगर घोषित भए । उनीहरुले क्रमशः जनही ५० र २५ हजार प्राप्त गरे । आशिकाले मोस्ट इन्टेलिजेन्ट र बेस्ट लिडरसिपको उपाधि हात पार्दा नरिशाले फोटो जेनिक अवार्ड थापिन् ।
थर्ड रनरअप महोत्तरीको गौशालाकी रश्मी आलेमगर भइन् । १५ हजार हात पारेकी विधागतमा मस्ट ट्यालेन्टेड र बेस्ट पर्सनालिटी पनि बनिन् ।
भ्यूअर च्वाइसमा स्याङ्जाको वालिङकी माया दर्लामीमगर बनिन् । उनले मस्ट फ्रेन्ड्ली उपाधिसमेच चुमिन् ।
टिम संयोजक प्रियंका गर्बुजामगरका अनुसार मोस्ट डिस्प्लिन जानकी रास्कोटीमगर, बेस्ट टे«नी अनुजा पुनमगर, बेस्ट क्याटवाक र मोस्ट कन्फिडेन्ट दिपीका आलेमगर भइन् ।
मस्ट डेडिकेटेड अस्मिता बुढामगर, मस्ट पपुलर र क्रियटिभ सरिता थापामगर, इन्थुजियास्टिक जेरुशा पुनमगर बनिन् ।
देशभरबाट छानिएका ११ प्रतिस्पर्धी ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए ।