माओवादी केन्द्रको कालिकोट जिल्ला संयोजकमा डम्बर शाही

कालिकोट । नेकपा माओवादी केन्द्रको कालिकोट जिल्ला संयोजकमा युवा नेता डम्बरबहादुर शाहीले जिम्मेवारी पाएका छन् ।

नेकपा मोओवादीको पकेट क्षेत्र मानिएको कालिकोट जिल्लामा नेतृव्को लागी निकै हानथाप भएको थियो । जिल्लाले नेतृत्व छान्न नसकेपछी अन्तत प्रदेश हुदै केन्द्रसम्म पुगेको थियो । जिल्ला संयोजकका लागी सान्नित्रिवेणी पुर्व गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाही, पुर्व पचालझरना गाउँपालिका अध्यक्ष खड्डराज सेजुवाल, नेता बिपिन बोगटी, खेमबहादुर सिंह शैलोजा बम मानबहादुर भण्डारी लगायतका नेताहरुको नाम जिल्लामा आएपछी नेतृत्व छान्न सकस भएको थियो ।

जिल्लाले छान्न नसकेपछी प्रदेश हुदै केन्द्रमा नामलिष्ट पुगेको थियो अन्तत नेता डम्बरबहादुर शाहीलाई केन्द्रले जिल्ला संयोजक तोकेको मोओवादी केन्द्रका एक नेताले जानकारी दिए ।सचिवमा बिपिन बोगटीलाई जिम्मेवारी दिएको उनले बताए । संयोजक जिम्मेवारी पाएका नेता शाही पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही निटक पात्राका रुपमा मानिन्छन भने सचिव रावत खेमाका हुन ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

epaper

ताजा समाचार

काँग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार खड्का पक्राउ