काठमाडौँ । बालसहभागितामा कार्यरत संस्थाहरूको साझा समुह (कन्सोर्टियम नेपाल)ले राष्ट्रिय बालसहभागिता सम्मान २०८१ नेपालको बालअधिकार आन्दोलनका प्रणेता गौरी प्रधानलाई प्रदान गरेको छ ।
सोमबार काठमाडौंमा बालिका सहभागिता र सशक्तिकरणका लागि नागरिक संवाद कार्यक्रमका बिच प्रधानलाई राष्ट्रीय महिला आयोगका अध्यक्ष कमला पराजुलीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो ।
चार दशक लामो बालअधिकार आान्दोलनमा निरन्तर रुपमा नेतृत्वदायी भुमिकामा रहि बालअधिकार आान्दोलनलाई उचाईमा राख्नुभएको कारण राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रदान गरिएको कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले बताउनु भयो ।
नेपालको बालअधिकार आन्दोलनमा बालअधिकार सबैको सरोकार, बालबालिकाका लागि बालबालिकाका साथमा, बालबालिका शान्ति क्षेत्र हुन् र बालबालिका राष्ट्रिय गौरव हुन् जस्ता नवीन सोचहरू अगाडि सारेर बालअधिकार आन्दोलनलाई वैचारिक तथा व्यवहारिक बनाई राख्न प्रधानले निरन्तररुपमा महत्वपुर्ण भूमिका खेल्नु भएको छ ।
साथै उक्त कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद् का बम बहादुर बानियाँ, NACG का अध्यक्ष किरण थापा लगायतका व्यक्तित्वले बालिका सहभागिता तथा सशक्तिकरणका लागी खेल्नु पर्ने भूमिकाका ’boutमा आफ्ना विचार राख्नु भएको थियो । सो कार्यक्रममा बाल अधिकार अभियन्ता विष्णु खत्रीले आफ्नो कार्यपत्र प्रश्तुत गर्नु भएको थियो ।