खोइ संघीय गणतन्त्रको जग ?

किशोर नेपाल

खोइ संघीय लोकतान्त्रिक गणतन्त्रको जग ? अहिलेसम्म हामीले त्यही जग खडा गर्न सकेका छैनौं । बीपी कोइराला भन्नुहुन्थ्यो, ‘नेपाल एउटा प्रशासनिक इकाइ मात्र हो, यो राष्ट्र भइसकेको छैन ।’

बीपीको यो प्रश्नको विपक्षमा जवाफ दिन कोही तयार थिएनन् । स्पष्टतः सबैलाई यो प्रश्नको जवाफ थाहा थियो । तर, ती जो आजसम्म नेपालको हैसियत प्रशासनिक इकाइ मान्न तयार थिएनन्, ती अहिलेसम्म पनि कांग्रेस र कम्युनिस्ट दुवैतिरको सक्रिय राजनीतिको मोठमा दर्ता भएका छैनन् । कांग्रेस, कम्युनिस्ट र माओवादीको चरित्रमा आएको परिवर्तनलाई हेर्दा कहिलेकाहीं त यस्तो लाग्दछ, संघीय लोकतान्त्रिक गणतन्त्रको समेत निर्दलीय पञ्चायतीकरण भइसकेको छ ।

इतिहासको पूर्वसन्ध्यादेखि नै नेपाल मण्डल र मध्यवर्ती मधेस प्रदेशको पहिचान निकै चमक–दमकपूर्ण रहँदै आएका हुन् । आज ती चमक–दमक हराएका छन् । सामान्य नेपालीका लागि पहिले काठमाडौं ‘मण्डल’ थियो, सुख र समृद्धिको उपत्यका । मध्यवर्ती मधेस प्रदेशको हैसियत पनि सुविधा सम्पन्न थियो । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका र मधेसमाथि विजय प्राप्त गरेपछि काठमाडौं मण्डल पूर्णरूपले नेपाल मण्डलमा परिणत भयो । अनौठो कुरा, बडामहाराज पृथ्वीनारायण शाहले प्रजाहरूको मनमा गोर्खा राज्यको विस्तार गर्न युद्ध सुरु गरेको भन्ने आभास नै पर्न दिएका थिएनन् । त्यस्तो आभास पाएको भए अहिलेको गोर्खा बजार बृहत्तर गोर्खा राज्यको शक्तिशाली राजधानी सहरका रूपमा चिनिएको हुन्थ्यो । विकासका सम्पूर्ण उपक्रमको प्रारम्भ गोर्खा बजारबाट सुरु हुने थिए । पालुङटार नाम पाएको गोर्खाको यो सानो विमानस्थलले अन्तर्राष्ट्रिय आकार ग्रहण गरिसकेको हुने थियो ।

अहिले पनि काष्ठमण्डप, कान्तिपुर वा काठमाडौंको अस्तित्व प्राचीन मन्दिर र दरबारले भरिएको एउटा सुन्दर पौराणिक सहरका रूपमा खुम्चिने थियो । यिनका वैशिष्ठ्यताको महिमा मण्डित त हुने नै थिए ।

समृद्धिको सहर काठमाडौ ंमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाहले खासै मेहनत गर्न ुपरेको थिएन । नुवाकोट र कीर्तिपुरको युद्ध कठिन भए पनि अन्यत्र गोर्खाली फौजले सजिलै विजय प्राप्त गरेका थिए । इन्द्रजात्राको आनन्द मनाउँदै वसन्तपुर डबलीमा हाँसीखेली रमाइरहेका काठमाडौ ंका जनताले उपत्यकाका तीनवटै मल्ल राज्यका सिपाहीले कतिबेला गोर्खाली सेनासमक्ष आत्मसमर्पण गरे ? त्यसको पत्तै पाएनन् । काठमाडौंमाथि विजय गरेपछि पृथ्वीनारायण शाहले काठमाडौंलाई नै राजधानी बनाए । आफ्ना गोर्खाली भाइ–भारदार, गुरु–पुरोहित र चाकरीदारलाई गोर्खाबाट काठमाडौं बोलाए । गोर्खा राज्यको नाम र निसाना दुवै मेटियो । राज्यमा रहेको गुरु गोरखनाथको प्रसिद्ध मठ भारत, उत्तर प्रदेशको गोरखपुर सहरमा स¥यो ।

सूर्यवंश र चन्द्रवंशमा विभाजित भएका तथा विभिन्न राजा–रजौटाले कुनै न कुनै अवतारमा काठमाडांै भनिने यो सानो र हरित उपत्यकाको पर्याप्त सुखभोग गरिसकेका छन् । यो उपत्यकाले ओगटेका छेउछाउका भू–भाग, बगर र टारीहरू र खोंच र कछाड, गह्रा र पाखामा दसैंको चहलपहल सुरु हुनेछ भने समवर्ती मधेस प्रदेशमा कंकालिनी, छिन्नमस्ता, बिन्ध्यवासिनी, राजदेवी र गढीमाईको पूजा–अर्चनाको लहर चल्नेछ । अनि, चटारो हुनेछ तिहार र छठको । देशका मुख्य भागमा दसैं, तिहार र छठ पर्व लगातार आउँछन् । यसको अर्थ देशका अन्य भागमा चाडबाड नै मनाइँदैन भन्ने होइन । पूर्वदेखि पश्चिमसँग लमतन्न तानिएको हाम्रो यो देशका ‘भूगोल’हरूको आ–आफ्नै अवशिष्ट चरित्र रहेका छन् । त्यही अवशिष्ट चरित्रको अभिव्यक्ति सबैतिर हुने गरेको छ ।

बुद्धको ‘ओम मणिपद्मे हुँ’ र सामा–चखेवादेखि गौरापर्वसम्म संस्कृतिका संकेतहरू सँधै सद्भावपूर्ण रहेका छन् । तर, देशका रूपमा नेपालको अवस्था भने दिनदिनै खस्किँदो छ ।

नेपालका बुद्धिजीवी र राजनीतिक भाष्यकारले राजनीतिका सन्दर्भमा अहिलेसम्म पनि आफ्नाे खास भूमिका बुझ्न सकेका छैनन् । नेपाली समाजको प्रतिनिधित्व अहिलेसम्म पनि पुरोहितवृत्तले नै गरेको छ । प्रतीकात्मक ढंगले ‘टपरी टकटक्याउने कला’ले बौद्धिक जीवनको प्रतिनिधित्व गर्ने गरेको छ

यस्तो किन भइरहेको छ ? किन हामी दिन–प्रतिदिनजसो पछाडि पर्दै गएका छौं ? इतिहासविद् राजेश गौतम भन्दछन्, ‘नेपालको इतिहासमा कुनै संगति नै छैन । संकुचनले गाँजिएको छ इतिहास, हामीले ७ फागुन, २००७ सालको मुक्ति दिवस मान्यौ, राणा शासन समाप्त भएको दिवस थियो त्यो, तर त्यसले विधिवत् मान्यता पाउने अवसर नै फेला पारेन ।’ उनले अझ थपे, ‘पृथ्वीनारायणपछिका सबै शाहवंशीय राजाले राणा भारदारको इच्छाअनुसार बन्दीको जीवन बिताए, २००७ सालमा प्रजातन्त्रको स्थापना भए पनि २०४६ सालको राष्ट्रिय जन–आन्दोलनको सफलतापछि मात्र प्रजातन्त्र दिवस मनाउने परिस्थितिको निर्माण भयो, अहिले देशमा संघीय गणतान्त्रिक व्यवस्थाको स्थापना भएको छ, तर पनि, परिस्थितिमा अलिकति पनि सुधार आएको छैन, सामान्य मानिसको जीवनमा अलिकति पनि तात्विक फरक परेको छैन ।’

नेपालका बुद्धिजीवी र राजनीतिक भाष्यकारले राजनीतिका सन्दर्भमा अहिलेसम्म पनि आप्mनो खास भूमिका बुझ्न सकेका छैनन् । नेपाली समाजको प्रतिनिधित्व अहिलेसम्म पनि पुरोहितवृत्तले नै गरेको छ । प्रतीकात्मक ढंगले ‘टपरी टकटक्याउने कला’ले बौद्धिक जीवनको प्रतिनिधित्व गर्ने गरेको छ । समाजले मानेका र पत्याएका व्यक्तित्वको जीवन ‘सत्ताको कृपापात्र’ बन्ने महत्वाकांक्षा पालेर ओइलाएको छ । अहिले हामी अत्यन्त कारुणिक अवस्थामा छौं । यो अवस्था भत्किएर नयाँ संरचना नबनेसम्म परिवर्तन आउन सक्दैन । यो सार्वकालिकक सत्य हो ।

देशमा विद्यमान रहेको गरिबीको अन्त्य गर्न सात सालको क्रान्तिदेखि बैसठ्ठी सालको बृहत् शान्ति सम्झौतासम्म संघर्षहरू निरन्तर भए । त्यसपछि अर्को १० वर्ष संविधान निर्माणका लागि संघर्ष भए । ती संघर्षका नतिजामा हामीले के पायौं र कति गुमायौं ? के नयाँ वा पुराना कुनै पनि दलका नेतामा हिम्मतका साथ यसको व्याख्या गर्ने शक्ति छ ?

कहिले सिंहदरबारलाई फैल्याएर, कहिले गाउँलाई खुम्च्याएर नेताहरूले शक्तिको दुरुपयोग गरेकै छन् । अहिलेका नेतामा पनि गजबको जागृति आएको छ । हरेक नेताका हातहातमा क्यामेरा छन्, सामाजिक सञ्जालका लिंक छन् । सामाजिक सञ्जाललाई औंलामा नचाउन सक्ने साइबर सेना छन् । राजनीति, व्यापार र समाजसेवामा लागेका मानिसले सामान्य जनताका अभिव्यक्तिका माध्यमलाई आप्mनो कब्जामा लिएका छन् । मानिसको वैयक्तिक स्वतन्त्रता छिन्नभिन्न भएको छ । देशको हावामा प्राणवायुको कमी बढ्दो छ । सामान्य जनता आत्तिएका छन्, अलमलिएका छन् । सामान्य जनताले हजार कमाउन लाख गुमाएका छन् । गाउँतिर जाऔं भने गाउँको अस्तित्व नै मेटिइसकेको छ । सहरमा गुजारा कठिन छ । नेपाल मण्डल साँच्चै खतरामा छ । कुनै दिन यस्तो कथा पनि बन्न सक्दछ, नेपाल भन्ने एउटा सुन्दर देश थियो । त्यो देशको कुनै एउटा गाउँमा एउटी मुना बस्थिन्, अर्का मदन बस्थे । मुना चौंरी र च्यांग्रा चराएर बेंसीमा बस्थिन्, मदन नुनको ढाकर बोकेर तिब्बततिर उक्लिन्थे ।

यतिबेला हामी महाकवि लक्ष्मीप्रसाद देवकोटाको सिर्जना मुनामदनलाई सम्झेर बसेका छौं । हामी मुना र मदनलाई पर्खेर बस्न अभिशप्त छौं । ’cause, हामीले तिनलाई हाम्रा सृष्टिका सुगन्ध मानेका छौं ।

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अख्तियारको अनुसन्धानमाथि विशेष अदालतले किन उठाउँछ पटक–पटक प्रश्न ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरका ४ महिलालाई पालिका र वडा हाँक्ने जिम्मेवारी