कोल्हवीमा वस्यक जंगली हात्ती मृत फेला

बारा । बाराको कोल्हवी नगरपालिका अन्तर्गत राष्ट्रिय जंगल छेउमा वस्यक जंगली हात्ती मृत फेला परेको छ । 

स्थानीय कोल्हबी नगरपालिका २ भलुवाही खोर जङ्गल छेउमा जंगली हात्ती मृत फेला परेको हो । अहिले नेपाल प्रहरी , सशस्त्र प्रहरी र डिवीजन बन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ।

घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख इन्स्पेक्टर किशन बस्नेतले घटनाको पुष्टि गरेका छन । इन्सपेक्टर बस्नेतका अनुसार हात्तीको सुढमा सामान्य खतसंगै केही रगतको टाटा देखिएको छ । घटना ’bout बिस्तृत विवरण आउन बाकी रहेको ईलाका प्रहरी कार्यालय  कोल्हबीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु