वुहानमा रहेका नेपालीलाई लिन ३ फागुनमा निगमको वाइडबडी चीन जाने

काठमाडौं । सरकारले चीनको वुहानस्थित कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीलाई लिन ३ फागुनमा नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान पठाउने गरी तयारी थालेको छ ।

त्यस दिन कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने भएको छ ।

वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली रहेका र उनीहरुले छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् । अभिभावकहरुले समेत विभिन्न निकायमा गएर आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै आएका छन् ।

उनीहरुको उद्धार गर्न परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरु, नेपाल एयरलाइन्सका प्रतिनिधिहरु रहेको समिति गठन गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 255 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कूटनीतिक नियोग आराम गर्ने थलो !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्याङ्जामा प्रमुख पदमा महिला उम्मेदवार पराजित