प्रचण्ड गर्मीका कारण विद्यालय बन्द

सप्तरी । अत्याधिक गर्मी बढेका कारण सप्तरीको कंचनरुप नगरपालिकाले मंगलवार देखी २ दिनका लागी विद्यालय बन्द गरेको छ ।

एकसाता यता तापक्रम बढेर ४६ डिग्री पार गरेपछि विद्यार्थीको स्वास्थमा पार्ने प्रभावलाई ध्यानमा राखी नगरक्षेत्रका सबै विद्यालय दुई दिनका लागी बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

कतै वर्षा त कतै बादल लाग्दा जितीयाका व्रतालु महिला उत्साहित

”गर्मी अत्याधिक बढेकाले खासगरी स साना बालबालिकालाई निकै समस्या छ, नगर प्रमुख ललन प्रसाद गुप्ताले भने–विद्यालयका प्रधानाध्यापक, शिक्षक र अभिभावको राय अनुसार २ दिनका लागी विद्यालय बन्द गर्ने निर्णय गरेका हौं ।”

उनले गर्मीलाई ध्यानमा राखी असोज ८ र ९ गते विद्यालय बन्द तथा असोज १० देखी १६ सम्म दिउसोको सट्टा विहान पठन पाठन गर्ने–गराउने निर्णय भएको जानकारी समेत दिए । प्रचण्ड गर्मीलाई ध्यानमा राखी विद्यालय बन्द गरेकै दिन मंगलवार विहान हल्का वर्षा हुदा त्यस क्षेत्रमा केही राहत महसुस गरिएको स्थानीयले जानकारी दिएका छन ।

कंचनरुप नगरपालिका क्षेत्रमा समान्य वर्षा भएपनि सदरमुकाम राजविराजमा भने वर्षा भएन । यद्धपी हल्ला बादल लागेपछी तापक्रममा केही गिरावट आउदा जितीया पर्वमा सहभागी व्रतालु महिलाहरुले पनि केही राहत महशुस गरेका छन ।

जितीया पर्वमा व्रत वसेकी राजविराज ७ कि उर्मिला देवी साहले भनिन–“अकाशमा बादल र तापक्रममा केही गिरावट देखिएपछि २ दिने कठोर ब्रत वस्न केही सहज भएको छ ।”

प्रचण्ड गर्मी र घामका कारण विगत एक साता देखी यहाँको जनजीवन कष्टकर बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आज पनि विहानैदेखि मान्यजनवाट टीका र जमरा लगाउन जानेहरुको चहलपहल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ग्रामिण वस्तीहरुमा स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्छु : अधिकारी