‘नेपाली ब्रो’द्वारा श्रीमती हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको तारकेश्वरमा घरायसी विवादका क्रममा श्रीमतीमाथि धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ‘नेपाली ब्रो’ उपनामले चिनिने कुमार थापा मगरसहित चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जेठ २२ गते राति तारकेश्वर नगरपालिका–६, पैंयुटारमा ३८ वर्षीय कुमार थापा मगरले आफ्नै श्रीमती ईश्वरी भुजेललाई चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि तारकेश्वर सिटी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि त्रि.वि. शिक्षण अस्पताल (टिचिङ) महाराजगंज पुर्‍याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै खटिएको प्रहरी टोलीले सोही राति ११ बजे कुमार थापा मगरलाई नियन्त्रणमा लिएको थियो । यस्तै, उक्त हत्या घटनामा संलग्न रहेको भन्दै परेको किटानी जाहेरीका आधारमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले चारै जनालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको बताए । उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

epaper

ताजा समाचार

एसियन गेम्स छनोट: फाइनलमा नेपालसँग हङकङ भिड्ने