रोशीको बाढीमा ३३ जना गुरुकुलका बटुक फसे

सिन्धुली । अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीका कारण सुनकोशी गाउँपालिका वडा नं. १ दुम्जामा रहेको कुशेश्वर महादेव मन्दिरमा रहेको आदि लिंगेश्वर कुशेश्वर गुरुकुलका बटुकहरु, शिक्षकहरु, कर्मचारी र पुजारी गरि ३३ जना बाढीमा फसेका छन ।

बाढीका कारण गुरुकुलका २६ जना बटुक (विद्यार्थी), ३ जना शिक्षक, २ जना कर्मचारी र २ जना मन्दिरका पुजारी बाढीमा फसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए । मन्दिरको चारैतिर कोशी र रोशीको बाढीले छेकेपछि उनीहरुलाई सुरक्षित स्थानमा लान सकिएको छैन ।

मन्दिर परिसरमा फसेका व्यक्तिहरुको उद्धारका लागि स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिम दिनभर खटिएको छ । विपद व्यवस्थापन र सुरक्षाको तालिम प्राप्त टिम उद्धारमा खटिए पनि बाढीमा फसेकाहरुको उद्धार गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले बताएका छन ।

उनका अनुसार बाढी प्रभावित क्षेत्रमा विद्युत अवरुद्ध भएका कारण उद्धारमा कठिनाई भएको छ । विपदका सबै संयन्त्रमा खबर गरि उद्धारको प्रयास भए पनि रातभर उद्धार गर्न सकिने अवस्था नभएको शर्माले बताएका छन ।

यसैबीच रोशीको बाढीले पाँच घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ । एक पक्कि घर र चारवटा जस्ताले छाएका टहरा पसलहरुमा पूर्ण क्षति पुगेको छ । प्रहरीका अनुसार पार्वती श्रेष्ठको पक्कि घर, प्रमिला श्रेष्ठ, ज्ञानीमाया तामाङको पसल र माया तामाङ, ठूलो कान्छा तामाङको खाजा घर बगाएको हो ।

यस्तै विपी राजमार्गको ठाउँ ठाउँमा लेदो पहिरो झरेपछि विपी राजमार्गमा रातीको समयमा सवारी साधन नचलाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताएका छन । यसैबीच मध्यपहाडी राजमार्गका पनि विभिन्न ठाउँमा पहिरो, लेदो खसेका कारण आवातजावतमा समस्या भएको छ ।

रातीको समयमा उद्धार सम्भव भएन : प्रजिअ शर्मा
सिन्धुलीमा निरन्तर पानी परिरहेको छ । रोशीमा आएको बाढीले सुनकोशी गाउँपालिका वडा नं. १ दुम्जामा रहेको कुशेश्वर महादेव मन्दिर ’round क्षती गरेको छ । मन्दिरको तल सुनकोशीको बाढी, वरिपरि रोशीको बाढीले मन्दिर र मन्दिरमै रहेको आदि लिंगेश्वर कुशेश्वर गुरुकुल रहेको टापुलाई वरिपरिबाट छेकेको छ ।

प्रजिअ लीलाप्रसाद शर्मा

मन्दिरभित्र गुरुकुल अध्ययन गर्ने २६ जना बटुक (विद्यार्थी), ३ जना शिक्षक, २ जना कर्मचारी र २ जना मन्दिरका पुजारी मन्दिर परिसरमै फसेका छन । मन्दिर नजिकैका पाँच घर बाढीले बगाएको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक विभाग सहितको टोली दिउँसैदेखि खटिएको छ । बाढी प्रभावित क्षेत्रमा विद्युत लाईन समेत छैन । उद्धारको प्रयास राती नौ बजेसम्म पनि सफल हुन सकेको छैन ।

वर्षा र बाढीका कारण नाईट भिजन समेत आउन सक्ने अवस्था रहेन । हामीले सबै प्रयास गरेका छौं । तर उनीहरुको अवस्था फोनमा अपडेट गर्ने र हेर्ने बाहेक विकल्प भएन । बाढीको बीचमा फसेकाहरु अहिले गुरुकुलको माथिल्लो तलामा गएर बसेका छन । आजसम्म जति नै ठूलो बाढी आए पनि मन्दिर भित्र पानी पसेको छैन भन्ने स्थानीयको भनाई छ तर विपदमा जे पनि हुन सक्छ । रातभर पर्ख र हेर भन्ने बाहेक कुनै विकल्पले काम गरेन ।
(कुराकानीका आधारमा तयार गरिएको)

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा सत्तारुढ गठबन्धनबीच सहमति