तामाकोशीमा बेपत्ता २ को शब फेला

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा लेदोसहित पहिरो खस्दा वेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।

पहिरोमा परि चार जना वेपत्ता भएकोमा दुई जनाको शव फेला परेको हो । शवको पहिचान भने हुन सकेको छैन । दुवै शव नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरि चरिकोट ल्याईएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए । शव चरिकोटस्थित पशुपति चौँलागाई स्मृति अस्पतालमा राखिएको छ ।

लेदो सहितको पहिरोले माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको कन्ट्रोल विल्डिङ पुरिँदा सुरक्षार्थ खटिएका गरुड दल गणका सैनिक जवान नरेन्द्रबहादुर पाल, अर्का सैनिक शंकर चन्द तथा नवलपरासीको प्रतापपुर घर भई माथिल्लो तामाकोशीमा फोरम्यानको काम गर्ने ३५ वर्षीय कृष्णप्रसाद चौधरी र दोलखाको विगु गाउँपालिका–१ स्यालु घर भई कार्यालय सहयोगीको रुपमा कार्यरत ३० वर्षीय जयराम तामाङ सम्पर्क बिहिन भएका थिए।

त्यसमध्य दुई जनाको शव फेला परेपनि पहिचान हुन नसकेको दोलखाका प्रमुख डिएसपी युवराज खड्काले बताए । पहिरोले पुरिँदा सम्पर्क बिहिन भएका अन्य दुई जनाको अवस्था अझै अज्ञात रहेकोछ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

epaper

ताजा समाचार

२४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा, त्यसपछि दोलखा