तुलसीपुरमा जीप दुर्घटना, ६ घाइते

तुलसीपुर । दंगीशरण गाउँपालिका –१ फुर्केसल्लीस्थित साउनेमा गएराति जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण १ निवासी ४३ वर्षका पलाल बुढामगर, उनकी आमा ७३ की जयकली बुढामगर, १२ वर्षका भुवन घर्ती, १४ वर्षका प्रदीप परियार, ४० वर्षका मनकुमारी बुढामगर र २७ वर्षका प्रकाश बस्नेत घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइतेमध्ये गम्भिर घाइते रुपलाल र जयकलीलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।
भुवन र प्रदिपको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने प्रकाश र मनकुमारी उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

दंगीशरणबाट तुलसीपुरका लागि छुटेको रा१ज,७५५ नम्बरको जिप अनियन्त्रित भई पल्टिदा सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चालक फरार रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

निहारिका र शिवराजले जानकी मन्दिरमा विवाह गर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ १७, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ १७, २०७९
ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन, समाजवादी समेटिएन