नयाँ आईजीपी आज, खनालसँगै १८ डीआईजी र ३ ‘एआईजीले अवकाश पाउने

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक ‘आईजीपी’को नियुक्ती गर्ने तयारी गरेको छ । आज अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद्को नियमित बैठकबाट नयाँ प्रहरी प्रमुखको नियुक्ति गर्ने सरकारको तयारी छ ।

गृह मन्त्रालयको प्रस्तावमा प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक ‘एआइजी’ र आईजीपीको नियुक्ती सरकारले गर्ने नियम रहेको छ । आईजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवाअवधिको कारण भोलिबाट अवकास पाउन लागेकाले सरकारले नयाँ प्रमुख नियुक्त गर्न लागेको हो ।

प्रहरी प्रमुख यो पटक प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’बाट हुनेछ । खनालसँगै १८ डीआईजी र तीन ‘एआईजी’ले अवकाश पाउँने भएकाले यो पटक प्रहरी प्रमुख ‘डीआईजी’वाट छानिने भएको हो ।

२७ औं प्रहरी प्रमुखमा एआईजी’हरु ठाकुर ज्ञवाली, तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्यायको नाम चर्चामा छ । तिमध्ये वरीयतामा एक नम्बरमा रहेका ज्ञवालीको प्रहरी प्रमुख बन्ने सम्भावना बढि रहेको बताइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

epaper

ताजा समाचार

निकास र विकासमा असफल प्रधानमन्त्री सुशिला कार्कीलाई राजीनामा दिन जेनजीको सुझाव