२ दिने सैंबु भैसेपाटी महोत्सब हुँदै

ललितपुर । प्रगति युवा क्लब र ललितपुर महानगरपालिका–२५ को संयुक्त आयोजनामा दुईदिने सैबु भैंसेपाटी महोत्सव हुने भएको छ । महोत्सव यही शुक्रबार र शनिबार हुनेछ । शुभ विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत् ११४५, छठ पर्वको उपलक्ष्यमा महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सवको ’boutमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा महोत्सब संयोजन समितिका संयोजक सुमन महतले सैबु र भैसेंपाटीको पहिचान स्थापित गराउन, सैबुभंैसेपाटीमा रहेका मठमन्दीर, सांस्कृतिक कलाक्षेत्रको विकास र बिस्तार गर्न, यसक्षेत्रमा रहेका ढुंगेधारा, पाटीपौवा र एतिहासिक स्थलका चिनारी दिन महोत्सव आयोजना गर्न लागेको जानकारी दिए ।

महोत्सव आवास क्षेत्रभित्र हुनेछ । उनले महोत्सवबाट आम्दानी भएको केही रकम बाढी पहिरोको विपत्मा परेका परिवारलाई सहयोग गर्ने जानकारी दिए । । बाढी पहिरोको कारण ललितपुर महानगरको वडा २५ र १८ मा ठुलो क्षति पुगेको छ ।

कार्यक्रमममा बोल्दै आयोजक ललितपुर–२५ का अध्यक्ष दौलतकुमार खत्रीले मेलाले यस क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्ने बताए । उनले ललितपुर महानगरपालिका वडा नम्बर १८ र २५ लक्षित गरी महोत्सव आयोजना गरेको बताए । महोत्सवमा यसक्षेत्रका ऐतिहासिक, सांंकृतिक महत्वको ’boutमा जानकारी हुने बताए ।

उनले पुरातात्विक महत्वका संम्दाहरुको परिचय दिन महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले मेला आयोजना गर्न जिल्ला प्रशासन कार्यालय र ललितपुर महानगरपालिका, जिल्ला प्रहरी परिसर ललितपुर लगायत सबै सरोकार निकायबाट स्वीकृत लिएको जानकारी दिए ।

प्रगति युथ क्लबका अध्यक्ष श्यामराज लिम्बुले सैंबु र भैसेपाटीको ब्यापार व्यवसाय विस्तारगर्न,एतिहासिक स्थलको चिनारी दिन महोत्सव आयोजना गरेको बताए । उनले मेलाबाट आम्दानी भएको केही रकम बाढीपहिरो पिडितलाई सहयोग गर्ने बताए । सैबु र भैसेपाटीभित्र रहेका व्यवसायीको हितको लागि महोत्सवले ठुलो भुमिका निर्वाह हुने विश्वास लिएको अध्यक्ष लिम्बुको भनाई छ ।

महोत्सवको आकर्षणको रुपमा खाना महोत्सव, अटो सो, हस्तकलाका सामाग्री, विभिन्न प्रकारका काण्ठकला, मुर्तिकला, दशै लक्षित कपडा लगायतको स्टल रहनेछ । संयोजक महतले महोत्सबमा सैंबु भैसेपाटीसंग जोडिएको दुई नगरी खोकना र बुंगमतीको एतिहासिक सामाग्री प्रदर्शनीमा राखिने जानकारी दिए । भने– ‘महोत्सवले यसक्षेत्रमा रहेका घरेलु तथा साना उद्योगको विकास हुनेछ ।’

महोत्समा कनेक्टिङ पार्टनरको रुपमा वल्र्ड लिंक रहेको छ । डिसहोम र नेपाल समाचारपत्र मिडिया पार्टनर रहेको छ । महोत्सवमा चर्चित र स्थानीय कलाकारको सांस्कृतिक कार्यक्रम रहनेछ । महोत्सव क्लब र वडाको लागि मात्र नभएर सैंबु, भैसेपाटी,एतिहासिक नगरी बुंगमती र खोकना क्षेत्रवासीको लागि महत्वपुर्ण हुने संयोजक महतले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ