परीक्षाको अनावश्यक चिन्ता

गत ६ चैतदेखि सञ्चालन गर्ने तयारी गरेको एसईई तथा ८ र २१ वैशाख २०७७ बाट सञ्चालन गर्ने भनिएको कक्षा १२ र ११ को परीक्षा कोरोनाको बढ्दो प्रभावका कारण स्थगित भएको थियो । यसबाट ११ र १२ का झन्डै ५ लाख र एसईईका करिब ४ लाख ८२ हजार ७ सयभन्दा बढी विद्यार्थी परीक्षाको आगामी तिथिमितिको पर्खाइमा छन् । एसईईका परीक्षार्थी त १ हजार ९ सय ९७ परीक्षा केन्द्रमा पुुगी प्रवेशपत्रसमेत हातमा लिई भोलिपल्ट परीक्षा दिन तयारी रहेको अवस्थामा अप्रत्यासित कोरोना संकटका कारण १२ घण्टाअघि परीक्षा स्थगनको सूचना पाएसँगै डेराबाट फर्केका थिए । यसैकारण एसईई र कक्षा ११ र १२ को परीक्षा र त्यसपछि हुने पढाइको चिन्ताले विद्यार्थी मात्र नभएर तिनीहरूका अभिभावकसमेत पिरलोमा छन् ।

घरज्वाइँलाई खानाको पिरलो : अहिलेको समय परीक्षाको चिन्ता लिने समय होइन । देश कुन बेला इटाली वा स्पेनजस्तो हुने हो थाहा छैन । उत्तर कोरियाजस्तो हुने सम्भावना अब टरिसकेको छ । अहिलेसम्म ३१ जनामा संक्रमण देखिए पनि आमरूपमा परीक्षण हुन बाँकी नै छ । संक्रमण दोस्रो चरण (लोकल ट्रान्समिसन)मा प्रवेश गरिसकेको छ । सम्भाव्य तेस्रो चरण टार्न सरकारले गत ११ चैतदेखि लागू गरेको लकडाउन आगामी १५ वैशाखसम्म जारी राख्ने घोषणा गरिसकेको छ । त्यसपछिको अवस्था पनि सामान्य होला भन्न सकिँदैन । परीक्षा बाँचेमा मात्र दिने हो । परीक्षार्थी यसै पनि कोरोना मनोविज्ञानको सन्त्रासमा छन् । उनीहरूलाई परीक्षाकोे प्रसंग झिक्नु नै थप पीडाबोध गराउनुसरह हुन्छ । परीक्षार्थीको मनोविज्ञान हामीले किन बुुझ्दैनौ ? सारा विश्वले कोरोना महामारीतर्फ ध्यानकेन्द्रित गरेको बेला किन हामीमा परीक्षाको भूूत सवार भएको छ ? कतै घरज्वाइँलाई खानाको हतारो परेको त होइन ?

पढाइको चिन्ताले विद्यार्थी मात्र नभएर अभिभावकसमेत पिरलोमा छन्

मन्त्रीको भिडियो कन्फरेन्स : शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले स्थगित परीक्षा सञ्चालन गर्ने’bout अघिल्लो बिहीबार प्रदेशका सामाजिक विकासमन्त्रीसँग भिडियो कन्फरेन्स गरी राय मागेको खबर चर्चामा छ । देश कोरोनामय भएको’bout शिक्षामन्त्री जानकार नभएका हुन् त ? के अहिलेको प्राथमिकता परीक्षाकै हो त ? लकडाउनका कारण काठमाडौंदेखि बर्दियासम्म कुम्लो बोकी मजदुर पैदल हिँडेका छन् । ‘यो दृश्य देख्दा मलाई भावुक बनायो’ नेकपाका अध्यक्ष प्रचण्डले भनेका छन् । एम्बुलेन्स नपाएर बिरामी अलपत्र परेका छन् । वास्तविक सुुकुम्बासी र मजदुरले राहत नपाएर भोकभोकै छन् । एक जना युवकले त यसैबीचमा आत्महत्या गरेका छन् । अर्का एक जनाको भागेर घर जानेक्रममा भीरबाट लडेर मृत्यु भएको छ । ‘बाटोमा कठिन अवस्थामा हिँडेका नागरिकलाई तत्काल उद्धार गरी गन्तव्यमा पुु-याउनू’ सर्वोच्चले आदेश गरेको छ । ‘जो जहाँ छ, त्यही रोक्नू, खाना नपाएकालाई खानाको व्यवस्था गर्नू’ प्रधानमन्त्रीले निर्देशन दिएका छन् । स्थानीय सरकार प्रमुखका गोदाममा कुहिएका चामल र दालका बोराहरू भेटिएका छन् । कूटनीतिक नियोगका गाडी चढेर स्वास्थ्य उपकरण कालोबजारीमा बेचिएका छन् । स्वास्थ्य उपकरणले आज देखाएको परीक्षणको रिपोर्ट भोलि मिल्दैन । आरडीटीको नतिजा स्वयं सरकारले नै पत्याउन सकेको छैन । यो आजको वास्तविकता हो । आजको चुरो कुरो परीक्षाभन्दा पनि जनताको जिउको सुरक्षा गर्नुु हो । यी समस्या समाधान गर्न मन्त्रीले के गरे ? आज परीक्षाको भूत देखाएर फेरि एकपटक बालमनोविज्ञान तर्साउने काम गर्न जरुरी किन प¥यो ? यही कुरालाई मनन गर्दे सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीले ‘अहिले कोरोनाको प्रभाव बढेकाले परीक्षा’bout तत्काल सोच्न नसकिने’ भनेर गतिलै जवाफ दिएछन् ।

पढाइ होइन, सिकाइ गरौं : अहिले कक्षा एकदेखि नौसम्मको परीक्षा सकिएको छ । विद्यालय जाने उमेरका करिब ७० लाखजति बालबालिकाहरू घरमा नै छन् । अब हिजोको झैं २ सय २० दिन विद्यालय खोल्नुपर्ने, १ सय ८० दिन पढाइ हुनुपर्ने भनेर कर्मकाण्डीय विधि पूरा गर्ने बेला आज छैन । विद्यालय कति दिन खोल्नुपर्छ, यो चासो होइन । चासो सिकाइ भयो कि भएन भन्ने हो । आजसम्म पढाइमा जोड दियौं । अब सिकाइमा दिऊँ । सिकाइका तीन तह हुन्छन् । औपचारिक, अनौपचारिक र अतिरिक्त । अहिलेको समय भनेको कोरोना संकटको समय हो । यतिबेला प्रत्येक विद्यार्थीलाई जोेसँग पहुँच छ, उनीहरूलाई नेट-इन्टरनेटद्वारा सोधखोज गरी सिकाइका लागि प्रेरित गर्न सकिन्छ । जोसँग मोबाइल वा ल्यान्डलाइन मात्र छ, उनीहरूलाई त्यसैको माध्यमबाट प्रश्नोत्तर गरी सिकाइ जारी राख्न भन्न सकिन्छ । जोसँग यी दुुईवटै छैनन्, उनीहरूलाई घरका अग्रजबाट सिकाइ गर्न भन्न सकिन्छ । बाबुले आरनमा हँसिया अर्जापेको हेरेर कतिपय सन्तानहरू त्यस्तै बनेका कैंयन उदाहरण हाम्रा समाजमा आज पनि पाइन्छन् । सिकर्मीको छोराले बाबुले नसिकाउँदा नसिकाउँदै पनि बाबुको काम हेरेर उभन्दा सिद्धहस्त बनेका बग्रेल्ती उदाहरणहरू हामीसँग छन् । उखुपेल्ने कोल बनाउन हामीलाई कुनै विज्ञानले सिकाएको थिएन । हाम्रा पुर्खाका यी सीप कुनै वैज्ञानिकका भन्दा कम छैनन् । यसैले अहिलेको विषम परिस्थितिमा सिकाइका विकल्प अनेक छन् । शैक्षिक सत्र खेर गयो भनेर चिन्ता लिन जरुरी छैन ।

परीक्षा व्यवस्थापन : कक्षा एक–आठ आधारभूत र ९–१२ माध्यमिक तह मानिन्छ । तेस्रो पक्षबाट परीक्षा लिने भनेको तहको अन्त्यमा मात्र हो । आधारभूत तहको अन्त्यमा लिने परीक्षा भनेको कक्षा आठको परीक्षा हो । मौजुदा ऐनकानुनले यो परीक्षा स्थानीय तहमार्फत लिने व्यवस्था गरेको छ । एकाध अपवादबाहेक यो परीक्षा सम्बन्धित पालिकाले गत ५ चैतभित्र सम्पन्न गरिसकेका छन् ।

संविधानको अनुसूची ८ ले माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई दिइसकेको छ । उक्त तहलाई नै परीक्षा व्यवस्थापनको जिम्मा दिँदा पनि हुन्छ । एसईई परीक्षा व्यवस्थापनको काम प्रदेशस्तरमा हुने पनि उल्लेख छ । यसो गर्दा राष्ट्रिय परीक्षा बोर्ड बेरोजगार हुने र परम्परागत विरासत धानेको परीक्षा नियन्त्रण कार्यालय पनि भूमिकाविहीन हुने डरले मात्र संघीय सरकारले उक्त परीक्षा विकेन्द्रीकृत गर्न सकेको छैन । यसका लागि थप कार्यविधि र नियमावली बनाउन सरकारले नै आलटाल गरेको छ ।

एसईई परीक्षा सम्बन्धित विद्यालय आफैंले लिने व्यवस्था गरेमा परीक्षा किफायती हुने र बचत भएको रकम कोरोना कोषमा जम्मा सकिन्छ

अहिले यसरी रोकिएको परीक्षालाई पुनः होम सेन्टरमा सञ्चालन गर्ने विषयमा छलफल गर्ने भनी परीक्षा नियन्त्रण कार्यालयले परिपत्र गरेको छ । शिक्षामन्त्रीले यस विषयमा छलफल चलाएको कुरा शिक्षा प्रवक्ताले जानकारी दिएका छन् । यसै पनि यो कक्षाका विद्यार्थीले वितेको एक वर्षमा विद्यालयले सञ्चालन गर्ने तीनवटा आन्तरिक परीक्षमा सम्मिलित भइसकेका छन् । यी परीक्षाको उपलब्धि विद्यालयसँग अद्यावधिक छ । फेरि, यो कक्षा माध्यमिक तहको अन्त्य पनि होइन । यसैकारण पहिलो विकल्पका रूपमा विद्यालयले लिएको आन्तरिक परीक्षालाई आधार मानेर कक्षोन्नति गर्न उपयुक्त देखिन्छ । यो सम्भव नलागे अब परीक्षा विद्यालयस्तरबाट लिने व्यवस्था गर्न सकिन्छ । हरेक विद्यालयलाई परीक्षाको तिथिमिति दिएर परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको जिम्मा दिन उपयुक्त हुन्छ । यसको समन्वय स्थानीय शिक्षा शाखालाई दिन सकिन्छ । यसो हुँदा कसैमाथि पनि परीक्षाको दबाब पर्दैन । सहज वातावरण हुन्छ ।

कक्षा ११ का हकमा पनि त्यही गर्न सकिन्छ, जो कक्षा १० का लागि गरिन्छ । ’cause यो पनि माध्यमिक तहको अन्त्यको कक्षा होइन । विद्यालय आफैंले यो कक्षाको परीक्षा व्यवस्थापन र नतिजा प्रकाशनको काम गर्दा राष्ट्रिय परीक्षा बोर्डको केही रोजगारी त गुम्छ तर त्योभन्दा बढी परीक्षा किफायती हुन गई बचत भएको रकम कोरोना कोषमा राख्न सकिन्छ ।

कक्षा १२ माध्यमिक तहको अन्तिम कक्षा भएको र यसको नतिजाका आधारमा विद्यार्थीको आगामी पठनपाठन दिशानिर्देश हुने हुँदा परिस्थिति साम्य भएपछि राष्ट्रिय रूपमा सञ्चालन गर्न सकिन्छ । यसका लागि आवश्यक परे पाँच महिना शैक्षिक सत्र धकेलिए पनि आपत्ति मान्नुहुँदैन । ’cause यो अवस्था नै विषम परिस्थितिको अवस्था हो ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

epaper

ताजा समाचार

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति