जनताको गुनासो सुन्न प्रहरीको नागरिक सुनुवाइ

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले गोरुसिङ्गेमा नागरिक सुनुवाइ गरेको छ ।टोल टोलमा प्रहरी अभियान अन्तर्गत इप्रका मातहतमा भए गरेका प्रहरी गतिविधि तथा भावी दिनमा नागरिक र प्रहरीबिचको संम्वन्ध सुमधुर गराउने उद्देश्यले कार्यक्रम भएको इप्रका गोरुसिङ्गेले जनाएको छ ।

प्रहरी प्रति जनताको गुनासो तथा सुझाव सुन्ने लागु औषध तथा कुलतबाट युवालाई जोगाउन र चाडपर्वमा समुदाय र प्रहरी बिच समन्वय कायम गर्न नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको हो। अपराधजन्य गतिविधि रोकथाममा प्रहरी र नागरिक उत्तिकै दायित्व रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताए। उनले प्रहरी नागरिकको सुरक्षार्थ २४ सै घण्टा अहोरात्र कार्यक्षेत्रमा खटिँदै आएको दाबी गर्दै प्रहरी निकाय शान्ति सुरक्षामा मात्र केन्द्रित नभई सामाजिक तथा भौतिक कार्यमा सक्रियता रहँदै आएको सुनारले खुलाए ।

बुद्धभूमि उद्योग वाणिज्य सङ्घका अध्यक्ष शुभलाल भुसालले समाजमा अपराधजन्य क्रियाकलाप न्यूनीकरण गर्न प्रहरी र नागरिकबिचको समन्वय महत्त्वपूर्ण भएको औँल्याए ।उनले सामाजिक विकृति विसङ्गतिलाई रोक्न सके अपराधका घटना आफै निस्तेज भएर जाने बताए । समाजसेवी दिपा सुवेदीले,प्रशासन र नागरिकको सहकार्य बिना समाजमा अमनचैन स्थापित नहुने उल्लेख गरे ।समाजमा हुने विकृतिलाई जस्तो चस्मा हे¥यो उस्तै देखिने भएकाले सुशासन कायम गर्न जिल्लाका मुखिया ,प्रहरी र प्रशासनबिचको समन्वय आवश्यक भएको बताइन।

प्रहरीको काम कर्तव्यको विषयमा आएका रचनात्मक सल्लाह सुझाव लाई आत्मसाथ गर्दै अगाडी बढ्ने इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताउनु भयो ।प्रहरीले विभिन्न समयमा गाउँ गाउँमा पुगेर नागरिक सुनुवाइ गरेर जनताको सुझाव सङ्कलन गर्दे आइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री शाहले देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ