पोखरा । साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानले विभिन्न व्यक्तित्वहरुलाई एकै थलोमा सम्मान गरेको छ ।
सम्मानित हुनेमा प्राज्ञ एवं विम्बकवि रमेश श्रेष्ठ, छन्दनायक माधव वियोगी, साहित्यकार पुष्कर अथक रेग्मी, साहित्यकार तारा पाखे, साहित्यकार एवं कलाकार दामोदर ढकाल दिपक, मुटु रोग विषेशज्ञ डा. विश्वराज बराल, प्रथम शीत ईश्वर कृष्णबहादुर केसी, फिल्म निर्देशक घनश्याम लामिछाने, ब्रम्हाकुमारी वीनिता पराजुली, कवियित्री सकुन ज्ञवाली, छायाकार विशाल बयलकोटी, साहित्यकार रवीन्द्र माकाजु, तेक्वान्दो प्रशिक्षक निसान कार्की, संस्कृतिकर्मी तथा नृत्य निर्देशक टकबहादुर गुरुङ, कलाकार कृष्णबहादुर सुनार र युवा उद्घोषक दीपेन्द्र शाही (देवेन्द्र) हुन् ।
उनीहरुलाई वरिष्ठ शिक्षासेवी जोर्ज जोन, शिक्षासेवी क्षेत्रबहादुर कुँवर, कलाप्रेमी रामदेवी कुँवर, प्रतिष्ठान अध्यक्ष प्राडा कृष्ण केसी, साहित्य स्रमाट कुँवरलगायतले सम्मान गरे ।
साहित्य सम्राट देशभक्तसिंह कुँवरले आफू निरन्तर लेखिरहने भन्दै हरेक दिन आफ्नो सिर्जना प्रकाशन गरे पनि नसकिने दाबी गरे ।
वरिष्ठ शिक्षासेवी जोर्ज जोन, विम्ब कवि रमेश श्रेष्ठ, छन्दनायक माधव वियोगी, प्राडा यमबहादुर पौडेल क्षत्री, कवयित्री सकुन ज्ञवाली, साहित्यकार पुष्कर अथक रेग्मी, शिक्षासेवी क्षेत्रबहादुर कुँवर, फिल्म निर्देशक घनश्याम लामिछानेले सम्मानबाट कसैको प्रतिभाको कदरसँगै र ऊर्जा प्रदान हुने बताए ।






