फ्रेन्ड्सको पोस्टमा एपिएफको ५ गोल

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत सोमबार बिहान भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले फ्रेन्ड्स क्लब पराजित गरेको छ । फ्रेन्ड्सविरुद्ध एपिएफ ५–२ ले विजयी भयो । एन्फा मैदान सातदोवाटोमा भएको खेलमा एपीएफले फ्रेण्ड्सलाई पराजित गर्दै तीन अंक जोड्यो ।

एपिएफलाई जिताउन आशिष लामा र प्रविनकुमार स्याङ्तानले दुई दुई गोल गर्दा टोपबहादुर विष्टको भागमा एक गोल प-यो । फ्रेण्ड्सका लागि फिलिपे डी सुजा र विश्व अधिकारीले एक गोल गरे । दुई गोल गरेका एपीएफका आशिष लामा जारी लिगको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् ।

जितसँगै १३ औं स्थानमा रहेको एपीएफको ८ अंक पुगेको छ । रेलिगेशन जोनमा रहेको सरस्वतीको ४ अंक छ । एक खेल कम खेलेको सरस्वती १२ औं चरणको खेलमा पनि पराजित भए रेलिगेशनमा पर्ने पक्का हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा चुनावी सरगर्मीः धेरै उम्मेदवार, आँकलन गर्न गाह्रो