कृष्णनगरबाट लागु औषध कारोबारी पक्राउ

कपिलवस्तु । प्रहरीले कृष्णनगरबाट लागु औषध कारोबारी सहित दुई जना सेवनकर्तालाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुको संयुक्त प्रहरी टोलीले कृष्णनगर बसपार्क क्षेत्रमा लागू औषधको कारोबारको आशंकामा खानतलासी गर्दा सोही ठाउँ बस्ने वर्ष ३२ का लवकुश भुजको साथबाट १५१.२१० ग्राम लागू औषध जस्तो देखिने खैरो रङ्गको गिलो पदार्थ (ब्राउन सुगर) फेला परेको बताइएको छ ।

यस्तै सोही कोठामा रहेको दराजमा लुकाई राखेको लागु औषध तौल गर्न प्रयोग गर्ने तराजु ४ थान र मोबाइल २ थान समेत फेला परेको छ । उनीमाथि थप अनुसन्धान गर्दा लु ९६ प ५६६५ नम्बरको मोटरसाइकलमा खरिद गर्न आएका बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गे बस्ने २८ वर्षीय महेश थारु र उनको साथबाट ९० हजार नगद तथा एक थान मोबाइल सेट बरामद गरिएको छ ।

यस्तै बाणगंगा नगरपालिका १ बस्ने २४ वर्षीय विपुल थारु र उनको साथबाट एक थान मोबाइल सेट बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जनालाई ७ दिनको म्याद थप गरी थप अनुसन्धान भई रहेको प्रहरीले जानेको छ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

epaper

ताजा समाचार

पहिराका कारण अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा