सप्तरीमा अध्यक्षकप क्रिकेट सुरु

राजविराज । चौथो अध्यक्षकप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । सप्तरीको रुपनी गाउँपालिका १ स्थित खाडो खोला खेल मैदानमा शुक्रबारदेखी सुरु भएको प्रतियोगिताको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादवले ब्याटिङ तथा विष्शिठ अतिथि दिनेश प्रसाद यादवले बलिङ गर्दै उद्घाटन गरेका छन् ।

प्रतियोतिाको उद्घाटन खेलमा भदगाउँ क्रिकेट क्लब झुम्का (सुनसरी) ले गाईघाट वारियर्स क्रिकेट क्लब (उदयपुर) लाई चार विकेटले पराजित गर्दै बिजयी सुरुवात गरेको छ ।

सो अवसरमा प्रमुख अतिथि प्रतिनिधीसभा सदस्य यादवले खेलकुदको विकासका लागि गाउँ गाउँमा खेल पूर्वाधार निर्माण आवश्यक रहेको भन्दै यसका लागि आफूले समेत पहल र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

राइजिङ यूथ नेपाल सप्तरीको आयोजना तथा रुपनी गाउँपालिकाको सहयोगमा संचालित प्रतियोगितामा सुनसरी, उदयपुर, सिरहा र आयोजक सप्तरीका गरि कुल १६ वटा टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष राजकुमार चौधरीले जानकारी दिए ।

उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, उपप्रमुख शम्भु प्रसाद यादव, काँग्रेस राजविराज नगर समितिका उपसभापति अनिल यादव लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

epaper

ताजा समाचार

थाइल्याण्डको सिनेटको मतदान ठगीमा ७७ व्यक्तिविरुद्ध कानुनी कारबाहीको आदेश