आईसीसी विश्वकप लिग-२: नेपाल अमेरिकासँग ३७ रनले पराजित

काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।

अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रंगशालामा भएको खेलमा जितका लागि २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २ सय ४४ रन बनाउँदै अल आउट भयो ।

नेपालका तर्फबाट ओपनर अनिल साहले ८० बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५२ रन जोडे भने अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए । त्यसअघि ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो ।

अमेरिका लागि तीन खेलाडीले अर्धशतक बनाए । जसमा साइतेजा मुक्कामाले सर्वाधिक ७५ रन बनाए । यस्तै कप्तान मोनाक पटेलले ६७ तथा हर्मित सिंहले ५९ रन योगदान गरे । आरोन जोन्सले २६ रन बनाए ।

नेपालका तर्फबाट गुल्शन झाले तीन विकेट, सोमपाल कामी र सन्दीप लामिछाने समान दुई-दुई र कुशल भुर्तेलले एक विकेट लिएका थिए । नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । अब नेपालले अन्तिम खेल स्कटल्यान्डसँग सोमबार खेल्नेछ ।

नेपालल लिग २ मा ११ खेलमा २ मा जित र ८ मा हारसहित ५ अंकका साथ सातौं स्थानमा छ । अमेरिका १२ खेलमा ८ मा जितसहित १६ अंकका साथ शीर्षस्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

किन पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा दुई स्थानीय तहमा मात्रै प्रमुख पदमा महिला उम्मेदवार