ब्यालेटमा अमेरिकी मत

अमेरिकी जनताको मत अब उनीहरूको हातबाट ब्यालेटमा आएको छ । जनताको, जनताका लागि र जनताद्वारा भनी जनमतको कदर गर्ने अब्राहम लिंकनको देशमा भएको यो मत संग्रहमा विश्वको ध्यान केन्द्रित हुन गएको छ । यो मत अबको ४ वर्षका लागि देश हाँक्ने राष्ट्रपतिको चयनका लागि हो ।
अमेरिकी राष्ट्रपति चयनका लागि भएको मतदानमा डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प दुवै आश्वस्त छन् । उनीहरूले आफूहरू उत्साहित भएको समाचार सम्प्रेषण गरिरहेका पनि छन् ।

उनीहरू दुवै उम्मेदवार चयन भएदेखि नै दुवैका बीचमा निकै कडा प्रतिस्पर्धा हुने आँकलन सबैको थियो । मंगलबार भएको मतदानसँगै अबको प्रतिस्पर्धा निष्कर्षतिर जानेछ । दुवै उम्मेदवारले सोमबार अन्तिम चुनावी अभियान चलाएपछि अब दुवै उम्मेदवार मत गणनाको पर्खाइमा छन् । यस वर्षको निर्वाचनमा पेन्सिलभेनिया राज्य चर्चामा छ । किनकि, यहाँ यी दुवै उम्मेदवारको अन्तिम प्रचार समापन भएको थियो ।

ह्वाइटहाउसमा सनसनीपूर्ण फर्काइका लागि मत मागेका ट्रम्प र अमेरिकी पहिलो महिला राष्ट्रपतिका लागि मत मागेकी ह्यारिस अब मत गणनाको ढुकढुकी कुरिरहेका छन् ।
(पत्रपत्रिकाको सहयोगमा)

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लम्जुङको कारागारमा कैदी र बन्दीबीचको झडप, ३ घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीका मेयरका प्रत्याशी हमालले मन्दिरमा पसेर भ्रष्टाचार नगर्ने कसम खाए (भिडियाेसहित)