मन्त्रीबाट राजीनामा दिएका अधिकारीलाई ‘जापान काण्ड’ महँगो पर्ने संकेत

काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिनुपरेको ‘जापान काण्ड’मा उनीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

जापानको टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौं फर्किएका रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा, खोटाङका ३६ वर्षीय दावा शेर्पा र खोटाङकै जनक राईले प्रतिव्यक्ति १० लाख रुपैयाँ ‘गिरोह’लाई बुझाएको अनुसन्धानका क्रममा खुलेको हो ।

गत १४ कात्तिकमा कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीसहित उनीहरू तीन जनालाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो । काठमाडौं विमानस्थलमा ओर्लिएलगत्तै तीनै जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले लिखत किर्तेसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको जापानबाट डिपोर्ट भएका तीन जनाको खुलासा

प्रहरी स्रोतका अनुसार उनीहरूले प्रारम्भिक बयानमा जापानमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी भएर उतै बस्ने सर्तमा प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको बताएका छन् ।

प्रहरीसमक्ष उनीहरूले दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनारलाई दुई जनाको २० लाख र धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डेलाई एक जनाको १० लाख रुपैयाँ बुझाएको बताएका छन् ।

प्रहरीका अनुसार, जापानबाट डिपोर्ट भएका देवकोटा र राईको साथबाट कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’को परिचयपत्र फेला परेको छ । परिचयपत्रमा निमित्त कार्यालय प्रमुख भनेर तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारीको हस्ताक्षर रहेको छ ।

यस्तै, शेर्पाले खोटाङस्थित ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्यको परिचयपत्र बनाएको पाइएको छ । जापान पठाउने गिरोहले नै उनीहरूका नाममा फर्जी कागजात बनाएको र उनीहरू उड्नुअघि विमानस्थलमा लगेर दिएको अनुसन्धानका क्रममा खुलेको छ । गिरोहका सदस्यले काठमाडौं विमानस्थलमा कञ्चन देवकोटालाई तीनवटा परिचयपत्र दिएकामा उनले आफ्नो राखेर दावा शेर्पा र जनक राईको नामको परिचयपत्र दिएका थिए ।

प्रहरीका अनुसार जापान उडेका उनीहरूको ट्रान्जिट हङकङमा थियो । ट्रान्जिटमा उनीहरूले तत्कालीन मन्त्री अधिकारीलाई भेटेर ‘हामी पनि हजुरकै टोलीका हौं’ भनेको अनुसन्धानमा खुलेको छ । फर्जी कागजात लिएर उनीहरू आफ्नो भ्रमण टोलीमा आएको मन्त्री अधिकारीले हङकङ पुगेर मात्रै थाहा पाएको दाबी अनुसन्धानमा संलग्न अधिकृतहरूको रहेको छ । यद्यपि, कागजात तयार गर्ने र जापानमा लगेर छाड्ने योजनामा मन्त्री अधिकारीको संलग्नता’bout प्रहरीले अनुसन्धान गरिरहेको छ । गिरोहका सदस्यले जापान हिँडेका तीन जनाको मोबाइलमा मन्त्री अधिकारीको फोटो पठाएर ‘उहाँसँगै टोकियोमा आयोजित सांस्कृतिक कार्यक्रममा जानु’ भनेर म्यासेज गरेको भेटिएको छ ।

हालसम्मको अनुसन्धानबाट महेश पाण्डेले फर्जी कागजात बनाएको खुलेको छ । सो गिरोहमा संलग्न दुई जना फरार छन् भने डिपोर्ट भएर आएका र पठाउने काममा संलग्न ६ जना प्रहरीको हिरासतमा छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार जापानबाट डिपोर्ट भएका तीन जनाको बयानका आधारमा जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डे पक्राउ परेका छन् ।

जापानको अध्यागमनले उनीहरू’bout शंका लागेर फिर्ता (डिपोर्ट) गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् । घटना बाहिरिएपछि अधिकारीले राजीनामा दिएका छन् । तर, उनी अनुसन्धानको दायरामा आएका छैनन् ।

मानव तस्करीजस्तो गम्भीर अपराधमा जोडिएका अधिकारी कोशी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेको यसअघि नै खुलासा भइसकेको छ । जापानको अध्यागमनले मन्त्री अधिकारीसहित उनीसँगै गएका तीन जनालाई डिपोर्ट गरेपछि मात्रै यस प्रकरणको भेद खुलेको थियो ।

अहिले अधिकारीमाथि पदको दुरुपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पु¥याएको आरोप छ । एमाले प्रदेश संसदीय दलमा मानव तस्करीसँग जोडिएका अधिकारीको विषयमा छलफल भइनसकेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

‘उहाँ जापानबाट आउनुभएपछि मुख्यमन्त्रीलाई भेटेर राजीनामा दिन्छु भन्नुभयो, यसबाहेक थप कुरा छैन,’ प्रमुख सचेतक भण्डारीले भने, ‘उहाँले अहिले त झुक्किएँ भन्नुभएको छ, झुक्किएको हो कि होइन ? कुन तहको गल्ती हो ? कसरी यस्तो भयो भनेर बुझ्न बाँकी छ ।’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पनि यस विषयमा मुख खोलेका छन् । मुख्यमन्त्री कार्कीले भने, ‘मन्त्री अधिकारीले अघिल्लो दिन फोन गरेर जापान जानुपर्ने भन्नुभयो, मैले प्रक्रिया नपु¥याई जान मिल्दैन भनेको थिएँ, उहाँ फर्केर आएपछि जापान प्रकरणले विवाद सिर्जना भयो, म राजीनामा दिन्छु भन्नुभयो, मैले हुन्छ, दिनुस् भनें, उहाँले राजीनामा दिनुभयो, मैले स्वीकृत गरें, अहिलेसम्म यति नै भएको छ, त्यसभन्दा बढी टिप्पणी अहिले मेरो छैन ।’

यसअघि अधिकारीले आफ्नो’bout टिप्पणी भएपछि नैतिकताका आधारमा राजीनामा दिएको बताएका थिए । ‘कसैले राजीनामा मागेर दिएको होइन, मेरो’bout टिप्पणी भएकाले नैतिकताका आधारमा राजीनामा दिएको हुँ,’ मन्त्री अधिकारीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘नैतिकताको खडेरी लागेका बेलामा मैले राजीनामा दिएको हुँ ।’

मुख्यमन्त्री कार्कीलाई राजीनामापत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै अधिकारीले भने, ‘तीन जना परिचय गर्न आएपछि म झस्किएँ, हङकङबाट फर्कन खोजें तर ट्रान्जिट भएकाले मिलेन, टोकियो पुग्नैपर्ने भयो, कार्यक्रममा सहभागी हुन गइनँ, कार्यक्रममा गएको भए ती व्यक्ति उतै लुक्ने थिए त्यसैले नेपाल फर्किएर प्रहरीको जिम्मा लगाएँ ।’

हङकङ पुगेपछि दलालको समूहले आफूसँगै तीन जनालाई जापान पठाएको थाहा भएको अधिकारीले बताएका थिए । नक्कली कागजात बनाएर तीन जनालाई पठाएपछि जापान पुगे पनि कार्यक्रममा नपुगी विमानस्थलबाटै तीनै जनालाई लिएर नेपाल फर्किएको अधिकारीको दाबी थियो ।

तीन जना नक्कली सहभागीहरूलाई आफूले नचिनेको र मन्त्रालयको परिचयपत्रका ’boutमा समेत थाहा नभएको अधिकारीको भनाइ थियो । यस’bout अहिले नेपाल प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ छ । अधिकारीले भनेका थिए, ‘घटनाको अनुसन्धानका लागि प्रहरी महानिरीक्षकलाई पनि जानकारी गराएको छु, अरू प्रहरी अधिकारीलाई पनि भनेको छु ।’

नक्कली कागजात बनाएर तीन जनालाई हङकङमा आफूसँगै पठाएको थाहा पाएपछि त्यहीँबाट नेपाल प्रहरीको विशेष ब्युरोेसँग समन्वय गरेर ती व्यक्तिलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएको उनको भनाइ थियो ।

अधिकारी प्रदेशसभाको अघिल्लो कार्यकालमा पनि विवादमा परेका थिए । कानुन व्यवसायीसमेत रहेका उनी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका चूडामणि उप्रेती (गोरे)को पक्षबाट बहस गर्न गएपछि तत्कालीन प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले उनलाई प्रदेशसभामा तीन महिना बोल्न दिएका थिएनन् ।

मन्त्री पदबाट राजीनामा दिएका अधिकारी अहिले पनि सांसद छन् । अधिकारी मोरङ २(ख)बाट लगातार दोस्रोपटक प्रदेशसभामा निर्वाचित भएका हुन् । उनी यसअघि भीम आचार्य मुख्यमन्त्री हुँदा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनेका थिए ।

मोरङको सुनवर्षी नगरपालिका चप्रामारी स्थायी ठेगाना भएका ६० वर्षीय अधिकारीले जनता ल क्याम्पस विराटनगरबाट बीएल उत्तीर्ण गरेका छन् । उनी कानुन व्यवसायी पनि हुन् । अधिकारी विराटनगरमा मोडर्न ल चेम्बर नामको फर्मका सञ्चालक पनि हुन् । राजनीतिक नेताबाहेक उनी विभिन्न सामाजिक संघसंस्थामा पनि आबद्ध छन् ।

तपाइको प्रतिक्रिया
(Visited 279 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरपालिका: स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनकै धेरै