कालिकोट । कालिकोटको पलाता गाउँपालिका राडुकाप्रे खोलामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन् ।
खिनदेखि थिर्पुतर्फ आउँदै गरेको क१ज ५६ नम्बरको जिप सडकबाट २ सय मिटर तल खस्दा एक बालकसहित ६ जनाको घटनास्थलमै र चालकको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा गाडी चालक हस्त बम, पिलाँता गाउँपालिका–५ का ५१ वर्षीय पदमबहादुर बम, सोही गाउँपालिका–६ की पुन्नकला शाही, भद्र रोकाया, वडा नं. ५ की छायाँ शाही, उखाडी निवासी गणेश शाही र ६ वर्षीय बालक दमन रोकाया छन् ।
यसैगरी, दुर्घटनामा विजय थापा, ईश्वर थापा, केशव थापा, डल्ली विक, आयुशा विक, रिदम शाही, प्रतीक्षा शाही, आशिष रोकाया, भूपेन्द्र रोकाया, दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकायासहित १३ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत ल्याइएको थियो ।






