पुस २ गते केन्द्रीय समिति बैठक बस्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ । आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाका आगामी मंसिर १६ गते हुने बैठकले उपनिर्वाचनमा गठबन्धन गर्ने ’bout ठोस निर्णय भने गरेको छैन । प्रवक्ता सापकोटाले उपनिर्वाचनमा सफलता हासिल गर्ने कार्ययोजना बनाइएको बताए । 

साथै माओवादी केन्द्रले मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय भएको उनले जानकारी दिएका छन् । उनले खबरदारी सभा यस अघि कार्तिक १० गते गरेको विरोध सभाको निरन्तरता भएको बताए । 

तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महोत्तरी कांग्रेसबाट ३२ जना निष्कासित