फेरि एक महिलासहित चार जनामा कोरोना संक्रमण पुष्टि

उदयपुर । उदयपुरमा थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सबै त्रियुगा नगरपालिका– ३ भुल्केस्थित मस्जिदमा रहेको १३ जना कोरोना संक्रमितसँग सम्र्पकमा आएका व्यक्ति हुन् ।
बुधबार धरानमा गरिएको परीक्षणमा तीन जना र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखामा गरिएको परीक्षणमा १ जना महिलामा कोरोना देखिएको हो । योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ । संक्रमितहरु सबै मुस्लिम समुदायका हुन् छ । उनीहरु त्रियुगा नगरपालिकाअन्तर्गत भुल्के, डिएमग्रेट र गाईघाट बजारको मेनचोकमा बासिन्दा हुन् ।
त्रियुगा नगरपालिका– ३ भुल्केस्थित जामे मस्जिदमा रहेका १६ जना मुस्लिम धर्म गुरु जमातीहरुमध्ये १२ भारतीय नागरिकसहित एक नेपाली नागरिकमा गरी १३ जना मुस्लिम धर्म गुरु जमातीलाई कोरोना संक्रमण पुष्टि भएको केही दिन बित्न नपाउँदै त्यहाँ मंगलबार एकै दिन ११ जना र बुधबार ४ जनामा कोरोना भाइरस (कोभिड १९) भएको पुष्टि भएको हो ।
बुधवार त्रियुगा नगरपालिका– ३ भुल्केस्थित जामे मस्जिदमा रहेका १६ जनामध्ये १३ जनाको गत शुक्रवार कोरोना संक्रमण भेटिएको थियो भने ३ जनाको बुधवार पुनः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (घोपा) मा पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । उनीहरु ३ जनालाई मोरङको ठाँडीस्थित क्वारेन्टाइनमा राखिएको थियो ।
बुधवार नै नेपाली सेनाले लगेको स्वाब परीक्षण गर्दा १८ वर्षीया महिलामा कोरोना देखिएपछि प्रदेशको कोरोना उपचार केन्द्र विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) बीरबहादुर बुढा मगरले बताए ।
मस्जिदमा बसेका धर्म प्रचार धर्म गुरु जमातीहरु गाउँबस्तीका बासिन्दाको सम्पर्कमा आएको हुन सक्ने भन्दै गाउँलेको नमुना संकलन गरेर परीक्षण गरिएको हो । नजिकै नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा रहेको छ । उनीहरुलाई विराटनगरस्थित (कोभिड १९) उपचार केन्द्रमा राखेर उपचार गरिदैछ । मस्जिदमा रहेको धर्म गुरु जमातीहरुलाई कोरोना संक्रमण भेटिएपछि प्रदेश सरकारले भुल्केस्थित मुस्लिम समुदायका ५६ घर परिवार मध्ये घरमुलिको स्वाब परिक्षणका लागि नमूना संकलन गरिएको थियो । त्यसमा २ महिला सहित ६९ जनामा स्वाब परिक्षणको लागि संकलन गरि बिराटनगर लगिएको थियो । ६९ जना मध्ये ९ जना सुरक्षाकर्मि र स्वास्थ्यकर्मिको पनि स्वाब संकलन गरिएको थियो । संकलित स्वाब परिक्षणपछि ८ जनामा संक्रमण भेटिएको जनाएका छन् ।
संक्रमित उनीहरु टयाम्पो, अटो चालक, दुध, तरकारी ब्यापारी हुन् । कोरोना संक्रमण बढेपछि गाईघाट बजार त्रसित बनेको छ ।
स्थानीय प्रशासनले संक्रमित क्षेत्र लगायत उदयपुरका ६ वटै मस्जिद यतिखेर सिल गरिएको छ ।
नेपाली सेनाको चिकित्सक टोलीले २ सय ५२ जना स्वाब संकलन गरेको थियो । सेनाको छाउनी अस्पतालको चार सदस्यीय चिकित्सक टोलीले मस्जिदसगै जोडिएको बस्तीका सर्बसाधारणको स्वाब संकलन गरेको हो । त्यहाँ तीन दिनमा ३ सय २१ जनाको स्वाब परिक्षणका लागि पठाएका मध्ये ६९ जनाको परिक्षण बिराटनगरमा भएको र बाँकी काठमाण्डौमा परिक्षण गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)

epaper

ताजा समाचार

‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वतृत्वकलाको उपाधि अधिकारीलाई