संस्कृति संरक्षण गर्न धुर्कोटमा देउसीँ–भैलो प्रतियोगिता

गुल्मी । पछिल्लो समय शहरमा देउँसी भैलोको नाममा विकृति फैलदो छ । यसै बिषयलाई मध्यनजर गर्दै गुल्मीको धुर्कोट गाउँपालिकाले भैलो प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार गाउँपालिकाको वडा नम्बर ४ जैसिथोकस्थित कुमारीदेवी मन्दिरमा सम्पन्न भैलो प्रतियोगितामा पालिकाका सबै वडाको सहभागिता रहेको थियो ।

जसमा वडा नम्बर १ नयाँगाउँ प्रथम, वडा नम्बर ३ हाडहाडे द्धितिय, वडा नम्बर २ पिपलधारा तृतिय एवं वडा नम्बर ४ जैसिथोक सान्त्वना भएका छन् । कार्यक्रममा सहभागि सबैलाई यातायात खर्च समेत उपलब्ध गराइएको थियो ।

प्रतियोगितामा सबै वडाले मौलिक भाकामा पुराना गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए । भैलोमा मारुले, भट्याउने, पुर्सुङ्गे लगायत सबैको भूमिकामा भैलेनीहरुलाई नचाइएको थियो । स्थानीय कला संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि गाउँपालिकाले देउँसी–भैलो प्रतियोगिताको आयोजना गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ