पूर्वसचिव अर्जुन कार्कीपत्नीको घरैमा हत्या, कामदार पनि मृत भेटिए

काठमाडौं । आफ्नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको छ । सानेपास्थित उनको घरमा रहेका कामदार विजय चौधरी पनि झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

पशुपति दर्शन गरेर १२ बजे घर पुगेका पूर्वसचिव कार्कीले बेस्सरी चिच्याएपछि स्थानीयवासी घर पुग्दा यो विभत्स घटना सार्वजनिक भएको हो । कार्कीपत्नी मुना जीवितै रहेको देखेपछि तत्कालै स्टार अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

ललितपुर उपमहानगरपालिका २, सानेपास्थित घरको भान्छा कोठामा कार्की पत्नीलाई गम्भिर अवस्थामा भेटिएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो । हातमा नीलडाम देखिएको थियो ।

दाङ स्थायी घर भएका कामदार चौधरीलाई डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएको थियो ।
प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ