मोरङको बुढीगंगामा धानखेतमा मानव कंकाल भेटियो

बिराटनगर । मोरङमा मानव कंकाल फेला परेको छ। मोरङको बुढीगंगा ५ स्थित धानखेतमा बिहीबार बिहान स्थानीयले काम गर्ने क्रममा मानव कंकाल फेला परेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीका प्रवक्ता तथा डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रवक्ता तथा डीएसपी जोशीका अनुसार स्थानीय उबेदा खातुनले लगाएको धान खेतमा छरपस्ट अवस्थामा मानव कंकाल भेटिएको हो। स्थानीयले घटनाको जानकारी दिएपछि अहिले प्रवक्ता तथा डीएसपी जोशी नेतृत्वको टोली घटनास्थल सुरक्षित गरेर अनुसन्धान अगाडी बढाएको छ ।

घटनास्थलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोली र कोशी अस्पताल विराटनगरका फरेन्सिक विज्ञ डा.ज्वाला कँडेल सहितको टोलीले अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।

अहिलेसम्म नाम, थर, वतन तथा लिंग नछुट्टिएको प्रहरीले जनाएको छ। कंकाल कसको हो भन्ने’bout प्रहरीले शुस्म तरिकाले अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२९ पुस २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा चुनावी चहल पहल बढ्यो