सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना

राजविराज । नसा च्यापिएर हिडडुल गर्न न सक्ने भइ उपचारको अभावमा घरको ओच्छ्यान मै सिमित हुन पुगेका एक मजदुर आफ्नो ज्यान बचाउन सहयोगको याचना गरेका छन ।

राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालबाट २० दिन अघि रेफर गरिएका राजविराज ६ दलित वस्तीका २७ वर्षिय रुपेश सदाले घरको ओच्छ्यानबाट जीवन रक्षका लागी आर्थिक सहयोगको याचना गरेका हुन ।

उनी पेशाले मजदुर हुन । एक महिना अघि ढलानको काम गर्ने क्रममा टाउकोमा सिमेन्टको बोरा बोकेर लादै गर्दा अचानक लडेर उनी अचेत भएका थिए । सो क्रममा टाउको, घाँटी र ढाडमा चोट लागेर घाउ हुनुका साथै उनको घाँटी र ढाडको नसा च्यापिएको थियो । जसकारण उनी हिडडुल गर्न नसक्ने समेत भएका छन ।

सोही कारण उनको जीवनयापन कष्टकर बन्न पुगेको छ । घाइते श्रीमान् रुपेशको उपचार गर्न मजदुरी पेशमा मै संलग्न श्रीमती रम्भाले उपचारका लागी वडा कार्यालयबाट केही सहयोग तथा साहु महाजनसँग ऋण सापटी खोजेर उपचारका लागी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएकी थिइन । त्यहाँ ५ दिनको उपचार र बसाईमा साथमा रहेको १ लाख १० हजार मध्ये १ लाख ५ हजार खर्च भईसक्दा पनि निको नभएको र चिकित्सकले, अप्रेशन गर्नू पर्छ भन्दै थप १ लाख ५० हजार रुपैया व्यवस्था गर्नु भनेपछि पैसा नहुदा उपचार नै नगरी श्रीमानलाई लिइ फर्केको रम्भाले सुनाइन ।

धरानबाट फर्केपछी श्रीमानलाई ५ दिन स्थानीय गजेन्द्रनारायण सिह अस्पतालमा समेत भर्ना गराएको र त्यहाँ चिकित्सकले नशा सम्बन्धि रोगको उपचारका लागी बाहिर लैजाने सल्लाहसहित रेफर गरिदिएको रम्भाले सुनाईन ।

रकम नभएका कारण बाहिर लैजान नसकी घर मै राख्नु परेको उनले पीडा सुनाईन । पहिल्यै लिएको ऋण कर्जा तिर्न सकेकी छुइन, काममा बाहिर पनि निस्कन सकेकी छुइन, आँखाबाट आँसु झार्दै उनले भनिन–“जीवन मरणको दोसाँधमा रहेका श्रीमानको उपचार, ३ जना नाबालक सन्तानको लालन पालनमा समस्या भएको छ ।”

ओच्छ्याानको एउटा कुनामा श्रीमानको रेखदेख मै दिन विताउने गरेकी रम्भाले भनिन–“मृत्युसंग लडिरहेको श्रीमानलाई बचाउन आवश्यक पर्ने उपचार खर्चमा सहयोग गरिदिन सबैमा विन्ति गर्छू ।”

आफ्नो नाउँमा एक धुर जग्गा नरहेको सदा परिवार अहिले सडक किनारमा २ धुर एलानी जग्गामा फुसको झुप्रो बनाई वसोवास गर्दै आएका छन । उपचारका लागी सदा परिवारको आर्थिक अवस्थाले धान्न नसक्ने भएपछी सहयोगका लागी हात फैलाएको वडा अध्यक्ष शशी चौधरीले बताए ।

दैनिक मजदुरीमा जान नपाउँदा आम्दानीको बाटो बन्द भई हातमुख जोडन तथा विरामी परेका रुपेशको उपचारमा समस्या भएकाले सबैले मिलेर सहयोग गर्नु पर्ने वडा अध्यक्ष चौधरीको भनाइ छ ।

गजेन्द्र नारायण सिह अस्पतालका चिकित्सकहरुले रुपेशको घाँटी र ढाडको नसा च्यापिएकाले जति सके चाँडो बाहिर लगेर उपचार गराउनु पर्ने सुझाव दिएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पहिचान, संघीयता, सुशासन र सदाचारमा जोड