वडा कार्यालयमा वडाअध्यक्षले लगाए ताला

दैलेख । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ७ का वडाअध्यक्षले वडा कार्यालयमा ताला लगाएका छन् । नगरपालिकाले २ महिनादेखि आवश्यक कर्मचारी नपठाएको भन्दै दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–७ का वडा अध्यक्ष इन्द्रप्रसाद चौलागाईले वडा कार्यालयमा ताला बन्दी गरेका हुन् ।

दुई महिनादेखि आवश्यक कर्मचारी वडाकार्यालयमा नपठाउँदा वडाको कामकाज सञ्चालनमा कठिनाइ भएको भन्दै कार्यालयमा तालाबन्दी गरेको उनले जानकारी दिए । ‘पटक पटक वडामा कर्मचारी पठाई दिन नगरपालिकालाई लिखित मौखिक भने, तर सुनुवाई भएन । गाउँका मानिस दैनिक जसो काम गर्न वडा कार्यालयमा आउनुहुन्छ, कर्मचारी छैनन् । दुई महिनादेखी नागरिकका काम हुन सकेका छैनन् । वडाकार्यालय खोलेर के काम कर्मचारी नभएर नागरिकको काम हुदैन’, उनले भने ।

असोज ३ गते बसेको नगर कार्यपालिकाको बैठकले करार सेवाका ७१ जना कर्मचारीलाई हटाएपछि नयाँ कर्मचारी आउनु भएको छैन । सामाजिक परिचालक, पशु सेवा प्राविधिक, कृषि सेवा प्राविधिक, अनमी चौथों, अहेव चौथों, नगर प्रहरी, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी र कुचिकार कर्मचारी हटाइएपछि अहिले स्वास्थ्य चौकी लगायत अधिकाँश वडा कार्यालय कर्मचारी विहिन भएको जानकारी दिए ।

विगत दुई महिनादेखि ७ नम्बर वडा कार्यालय एक सहयोगीको भरमा चलिरहेको छ । वडा सचिवको जिम्मेवारीसमेत वडा नम्बर ९ का सचिव नेत्र खड्काले सम्हालेका छन् । तर, दोहोरो जिम्मेवारीका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको छ । वडाका कार्यहरू प्रभावित भएकाले ताला लगाउन बाध्य भएको वडा अध्यक्ष चौलागाईले बताए ।

यता, कार्यालयको ताला खुलाउन प्रयास भइरहेको प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर मल्लले जानकारी दिनुभयो । वडामा कर्मचारीको अभावकै कारण अन्य कामहरू समेत हुन नसक्दा सेवाग्राहीले दुई महिना यतादेखी सास्ती भोग्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महाराजगन्ज नगरपालिकामा उपमेयर पदका उम्मेदवारको मृत्यु