आमाछोराको हत्या आरोपी जनिफ ४ बर्षपछि पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आमाछोराको हत्या गर्ने अभियुक्तलाई हिजो मंगलबार पक्राउ गरेको छ । जिल्लाको दुर्गाभगबती–४ छतौना गाउँमा आमा छोराको हत्या गरी शव जलाएर फरार भएको अभियोग लागेका दोस महम्दको छोरा बर्ष ४८ को महमद जनिफलाई ४ बर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

महमद जनिफले २०७७ बैशाख ११ गते राती ८ बजे दुर्गाभगवती ४ बस्ने समरुदिन मियाँ कवारीको श्रीमती बर्ष २२ की हुस्नेयारा खातुन र निजको छोरा २ बर्षिय रेहानकोे हत्या गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दिपककुमार रायको भनाइ छ ।

जनिफले आमाछोराको हत्या गरेपछि मसुरोको भुसमा बलिरहेको आगोमा लाश फालेर फरार रहेको अनुसन्धानबाट खुलेको डिएसपी रायले बताए ।

जनिफलाई दुर्गाभगवती गाउँपालिका पिपरा बजारबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी निजमाथि कर्तव्य ज्यान कसूर मुद्दा दायर गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेस पहिलाे पार्टी, २५२ पालिका प्रमुखमा विजयी