पिछडा वर्ग महासंघ सप्तरीमा नयाँ नेतृत्व

राजविराज । पिछडा वर्ग (ओबिसी) महासंघ नेपाल शाखा सप्तरीको अध्यक्षमा उमेशप्रसाद यादव चयन भएका छन् ।

मंगलबार महासंघका केन्द्रिय अध्यक्ष भरतप्रसाद महतोको विशेष उपस्थितिमा राजविराजमा भएको बृहत भेलाले अध्यक्ष पदमा यादवसहित ९ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्ष खडक नगरपालिकाका निवर्तमान मेयर मो. हेमायु हक, सचिवमा यधुनन्दन दास र कोषाध्यक्षमा लिलादेवी ठाकुर चयन भएका छन् ।

यस्तै सदस्यहरुमा शंकर प्रसाद साह, शैलेन्द्र कुमार दास, लोकेन्द्र कुमार चौधरी, राजकुमार साह तेली र रुप कुमारी चयन भएका छन् । समितिको कार्यकाल पाँच वर्षको हुने सो अवसरमा बृहत भेलाका प्रमुख अतिथि समेत रहेका महासंघका राष्ट्रिय अध्यक्ष मेहताले जानकारी दिए ।

भेलामा प्रमुख अतिथि मेहतालाई नवगठित कार्यसमितिको दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । सर्वसम्मतिले चयन भएका अध्यक्ष यादवले पिछडा वर्ग महासंघ सप्तरी शाखाको केही दिन भित्रै राजविराजमा कार्यालय स्थापना गरि आवद्ध जातिय समुदायको उत्थान र हकहितका लागि विभिन्न गतिविधिलाई तिब्रता प्रदान गरिने प्रतिक्रिया दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोटमा र रुरु क्षेत्रमा मतगणना अनिश्चित