प्रधानमन्त्रीको चीन भ्रमणको निर्णय गर्न मन्त्रिपरिषद् बैठक साँझ ५ बजे

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । ओलीले आज साँझ ५ बजे बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठकमा ओलीको चीन भ्रमण स्वीकृत गर्ने कार्यसूची छ । यस्तै ओली भ्रमणको एजेण्डा’bout समेत छलफल हुने बताइएको छ । ओली आगामी १७ देखि २० मंसिरसम्म ४० सदस्यीय जम्बो टोलीसहित चीन भ्रमणमा जाँदैछन् ।

परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज (विहीबार) चीन प्रस्थान गरेकी छिन् । मन्त्री राणा मङ्सिर १५ गतेसम्म चीन भ्रमणमा रहने उनको सचिवालयले जानकारी दिएको छ । भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीलगायत दुई देशबिचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।

राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले मङ्सिर १७ गतेदेखि चीनको भ्रमण गर्दैछन् ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

काठमाडौं विश्वकै प्रदूषित सहरको सातौं स्थानमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरपालिका २९ वडाको ६४ मत गायब !