५ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । प्रहरीको प्राविधिक तर्फका ५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिसनेपाल प्रहरीको प्राविधिक तर्फका ५ जना प्रहरी उपरीक्षक बढुवाका लागि सिफारिसमा परेका छन । 

वरिष्ठ उपरीक्षकमा बढुवा गर्न उनीहरूलाइ सिफारिस गरिएको हो । जसअनुसार चिकित्सातर्फ डा. केदार खड्गी, डा. धन्दबहादुर बुढाथोकी, डा. पवन कुमार राय र डा सुवर्ण कुँवर रहेका छन् । 

त्यस्तै सूचना प्रविधि कम्युटरतर्फका प्रहरी उपरीक्षक श्याम कुमार मण्डललाई पनि प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गराएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा