राजधानीकर्मी ‘आइकन अफ गण्डकी’

पोखरा । नेपाल युवा परिषद् आयोजनामा पोखरामा शुक्रबारदेखि सुरु गण्डकी प्रदेश युवा सम्मेलनमा १० जना युवालाई ‘आइकन अफ गण्डकी’ बाट सम्मान गरिएको छ । सामाजिक तथा आर्थिक रुपान्तरणलगायत अन्य विधामा क्रियाशील १० जनालाई उक्त अवार्डद्वारा सम्मान गरिएको हो ।

सम्मानित हुनेमा राजधानी दैनिकका पोखरा समाचारदाता विजय नेपाल पत्रकारिता क्षेत्रबाट सम्मानित भए । यस्तै, महिला तथा वालबालिका विधामा अमोर सेवा गृह स्याङ्जाकी अध्यक्ष कमला पराजुली, समाजसेवामा प्रेन्सा रेग्मी, युवामा रश्मी गौतम, पर्यटनमा बलराम तिमिल्सिना, शिक्षामा मेनका मोनिका थापा, स्वास्थ्यमा सरस्वती पुरी, उद्यमशीलतामा बिमल शर्मा, सूचना तथा प्रविधिमा रविन पौडेल र कृषि तथा जलवायुमा सन्तोष पौडेल छन् । सोही अवसरमा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीलाई नेशनल सोसल चेञ्ज मेकर अवार्डबाट सम्मान गरियो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरुलाई सम्मान गरेका हुन् । अन्तर्राष्ट्रिय युवा दिवस अवसरमा परिषद्ले हरेक प्रदेशमा युवा सम्मेलनसहित यसरी प्रदेश आइकनसहित सम्मान गर्दै आएको संस्थाका संस्थापक अध्यक्ष सरोज बाँनियाले बताए ।

‘आइकन अफ गण्डकी प्रदेश’ का लागि परिषद्ले गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधिसहित सामाजिक अभियन्ता अपार पौडेल र पत्रकार एवं अनुसन्धानकर्ता गोविन्द मरासिनी रहने गरी ३ सदस्यीय छनोट समिति गठन गरेको थियो । उक्त समितिले १० युवा छनोट गरी सिफारिस गरेको थियो ।

२ दिनसम्म चल्ने सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले युवा विदेशिने प्रचलन भए पनि देशप्रतिको दायित्व कहिल्यै बिर्सन नहुने बताए । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव तोयनाथ लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटा, प्रेस रजिष्ट्रार बिमला भण्डारी लगायतले युवाका विषयमा मन्तव्य राखेका थिए ।

सम्मेलनमा पोखरा महानगरका प्रमुख धनराज आचार्य, आयोगका उपाध्यक्ष देवकोटा, कृषी उद्यमी बोधराज अर्याल लगायतले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् । गण्डकीका ११ जिल्लाबाट प्रतिनिधित्व हुने गरी सम्मेलनमा करिब २ सय जना युवाले भाग लिएका छन् । उनीहरुबीच बृहत् छलफलपश्चात पोखरा घोषणापत्रसमेत जारी हुने नेपाल युवा परिषद्का अध्यक्ष बाँनियाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरको मेयर माओवादीलाई छाडेको भन्दै चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी