शहर छिर्नेहरुको संघर्ष कथामा कोठा

काठमाडौं । शहरमा केही गर्ने उदेश्य सहित काठमाडौं छिरेका युवाहरुको सँघर्ष र उदेश्य पुरा नहुँदाको मानसिक तनावमा केन्द्रित रहेर निर्माण गरिएको सांगीतिक लघु चलचित्र ‘कोठा’ काठमाडौंमा प्रिमियर गरिएको छ ।

एभरेष्ट फिल्म एकेडेमीमा एक कार्यक्रमबीच यो चलचित्र सार्वजनिक गरिएको हो । आर्ट घरको निर्माणमा तयार भएको यो सांगीतिक चलचित्रलाई भीष्म जोशीले निर्देशन गरेका हुन् । कथा पनि यसमा जोशीकै रहेको छ ।

म्युजिक भिडियो भन्दापनि चलचित्र शैलीमा तयार गरेकाले यसलाई सांगीतिक चलचित्र भनेको जोशीले जिकिर गरे । उनले यसलाई सम्बाद र पटकथा थपेर चलचित्र नै बनाएका छन् । यसमा रहेको गीतमा प्रशान्त सिवाकोटीको स्वर र संगीत छ । संगीतकार सिवाकोटीले गीतमा देउडा भाकालाई पनि स्थान दिएका छन् ।

यसमा कलाकार प्रवीणकुमार पाण्डेको मुख्य भूमिका छ । उनीसँगै सबि थापा, सरोज खड्का, कल्पना साही, शीतल पाण्डे, सन्तोष बिस्ट, सृष्टि एैर, सागर भुसाल र अनिल दाहालको पनि अभिनय छ । यसमा सरोज श्रेष्ठको छायांकन, रिदेन श्रेष्ठ र धिरज अधिकारीको सम्पादन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुल्लु नगरपालिकामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी