बिमामा आकर्षण बढ्दै

Online Nepali News Portal

काठमाडौं । जीवन बिमा र निर्जीवन बिमातर्फ आकर्षण बढ्दै गएको छ । विगत चार महिनामा जीवन बिमा र निर्जीवन बिमातर्फ गरी करिब ७० अर्ब रुपैयाँबराबरको बिमा भएको हो ।

नेपाल बिमा प्राधिकरणका अनुसार चार महिनामा जीवन बिमातर्फ कुल ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँको बिमा भएको छ । कुल १ करोड ३८ लाख ४ हजार ६ सय ४७ जीवन बिमालेख सक्रिय रहँदा ५३ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी कुल बिमा शुल्क उठेको हो । यो बिमाशुल्क आर्जन गत आवको सोही अवधिसम्मको तुलनामा ८ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म जीवन बिमकहरूले ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।

यसैगरी, निर्जीवन बिमातर्फ चार महिनामा १४ अर्ब ३५ करोड ८६ लाख कुल बिमा शुल्क उठ्दा ९ लाख ९८ हजार ५ सय ९६ वटा निर्जीवन बिमालेख जारी भएका छन् । अहिले १४ वटा निर्जीवन बिमा र चारवटा निर्जीवन लघुबिमा कम्पनीसमेत गरी कुल १८ वटा निर्जीवन बिमा संस्थाहरू क्रियाशील छन् ।

४ महिनामा ५३ अर्ब ६९ करोडको जीवन बिमा

निर्जीवनतर्फ १४ अर्ब ३५ करोडको बिमा

जीवन बिमातर्फ भने अहिले १४ वटा जीवन बिमा र तीनवटा जीवन लघुबिमा कम्पनीसमेत गरी कुल १७ वटा बिमा संस्थाहरू क्रियाशील छन् ।

आर्थिक वर्ष २०८१–०८२ को कात्तिक महिनामा निर्जीवन बिमा कम्पनीहरूले साढे २ अर्ब रुपैयाँबढी बिमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका कम्पनीहरूले कात्तिक महिनामा १३ हजार ९ सय २४ वटा बिमाशुल्क बिक्री गरी कुल २ अर्ब ७० करोड ९२ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका हुन् ।

नेपाल बिमा प्राधिकरणका अनुसार सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बिमा कम्पनीबाहेक सबै कम्पनीले गत आवको तुलनामा व्यवसाय बढाउन सफल भएका छन् ।

कात्तिक महिनामा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले १५ अर्ब ४० करोड ९५ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । यसैगरी, नेसनल लाइफले ६ अर्ब ४३ करोड, एलआईसी नेपालले ६ अर्ब ५ करोड र हिमालयन लाइफले ५ अर्ब ५८ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

सूर्यज्योति लाइफले ३ अर्ब २५ करोड बिमा शुल्क उठाउँदा एसियन लाइफले २ अर्ब ७४ करोड र सिटिजन लाइफले २ अर्ब १९ करोड रुपैयाँ उठाएको छ । सानिमा रिलायन्स लाइफले २ अर्ब ५ करोड, मेट लाइफले १ अर्ब ८७ करोड, राष्ट्रिय जीवन बिमा कम्पनीले १ अर्ब ७७ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६२ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ५५ करोड, आईएमई लाइफले १ अर्ब ५३ करोड र सन नेपाल लाइफले १ अर्ब २८ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको तथ्यांक रहेको छ ।

गत वर्षको तुलनामा भने रिलायबल नेपाल लाइफले २८ दशमलव ५४ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ । सिटिजन लाइफले २२ दशमलव ९१ प्रतिशतले व्यवसाय बढाएको छ भने प्रभु महालक्ष्मी लाइफले भने २१ दशमलव ६१ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ ।

निर्जीवन बिमातर्फ एक महिनामा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बिमाशुल्क संकलन गरेको छ । कम्पनीले एक महिनामा ३४ करोड ४ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २९ करोड ६ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । यस्तै, शिखर इन्स्योरेन्सले २९ करोड २ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्सले २५ करोड ५१ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २३ करोड ३९ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्सले २३ करोड १० लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । सानिमा जीआईसी इन्स्योरेन्सले १९ करोड ३ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ ।

बिमा प्राधिकरणको तथ्यांकअनुसार कात्तिक महिनाभरमा ६ लाख ६० हजार ६ सय ६५ वटा बिमालेखमार्फत सोबराबरको निर्जीवन बिमा गरिएको हो । यसबाट २ अर्ब ७८ करोड रुपैयाँबराबरको बिमाशुल्क संकलन गरिएको बिमा प्राधिकरणको तथ्यांक छ ।

चार महिनाको अवधिमा भने सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ७७ करोड, सिद्धार्थ प्रिमियरले १ अर्ब ४६ करोड, शिखर इन्स्योरेन्सले १ अर्ब ४१ करोड, नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड रुपैयाँ बिमा शुल्क उठाएका छन् ।

चार महिनामा मोटर बिमातर्फ ४ अर्ब ५९ करोड, सम्पत्ति बिमातर्फ ३ अर्ब ८४ करोड, इन्जिनियरिङ बिमातर्फ १ अर्ब ८३ करोड र विविध बिमाअन्तर्गत १ अर्ब ६५ करोड रुपैयाँ संकलन भएको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।

वैदेशिक रोजगार बिमालेख बिक्री गर्नेमा भने सन नेपाल लाइफ इन्स्योरेन्स अगाडि देखिएको छ । कम्पनीले चार महिनामा १४ करोड ७९ लाख ५० हजार रुपैयाँबराबरको वैदेशिक जीवन बिमालेख बिक्री गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र मेट लाइफले कुनै पनि वैदेशिक रोजगार बिमालेख बिक्री नगरेको नेपाल बिमा प्राधिकरणले प्रस्ट पारेको छ ।

हिमालयन लाइफले सबैभन्दा कम ४ करोड ८६ लाख रुपैयाँबराबरको मात्रै वैदेशिक जीवन बिमालेख बिक्री गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हमाल भन्छन् ‘धनगढीलाई पाँच वर्षमा मुलुककै नमुना शहर बनाउछु’