४८ अर्ब ५८ करोड रुपैयाँको आईपीओ पाइपलाइनमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिसँगै ७६ वटा कम्पनीका ३३ करोड ३४ लाख कित्ता आईपीओ निष्कासनको ढोका खुलेको छ ।

पाइपलाइनमा रहेका ७६ कम्पनीले ४८ अर्ब ५८ करोड ४० लाख १६ हजार रुपैयाँ जुटाउने योजनाका साथ आईपीओ निष्कासन अनुमति मागेका छन् । जलविद्युत् आयोजना, औद्योगिक क्षेत्र र पर्यटन क्षेत्रलगायतका कुल ३३ करोड ३४ लाख ३६ हजार कित्ता सेयर सार्वजनिक निष्कासनमा आउने भएपछि लगानीकर्ता उत्साहित छन् ।

७६ कम्पनीका ३३ करोड ३४ लाख कित्ता साधारण सेयर आउँदै

पाइपलाइनमा रहेका ७६ कम्पनीमध्ये होटल तथा पर्यटन क्षेत्रका सातवटा छन् । जसमा एपेक्स हस्पिटालिटी, होटल फोरेस्ट, अर्किड होल्डिङ, अन्नपूर्ण केबल, बन्दिपुर केबल, अकामा होटल र ठमेल प्लाजा होटल रहेका छन् ।

यसैगरी, हाइड्रोपावर क्षेत्रका ३७ वटा कम्पनी आईपीओ निष्कासनको पर्खाइमा छन् । लगानी क्षेत्रका बरुण इन्भेस्टमेन्ट, सिड इनर्जी र शिवम होल्डिङ गरेर तीनवटा कम्पनी छन् । उत्पादन तथा प्रशोधन क्षेत्रका १५ वटा, लघुवित्त क्षेत्रको एउटा, लघुबिमा क्षेत्रका तीनवटा र अन्य क्षेत्रका १० वटा गरी कुल ७६ वटा कम्पनीको आईपी पाइपलाइनमा रहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

कुल ७६ वटा कम्पनीले ४८ अर्ब ५८ करोड ४० लाख १६ हजार ५ सय ९६ रुपैयाँबराबरको ३३ करोड ३४ लाख ३६ हजार ८३ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको तथ्यांक छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ११ महिनापछि नेतृत्व पाएसँगै आईपीओ आउने अपेक्षा गरिनथालेको छ । सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नियुक्तिसँगै बजारमा फेरि आईपीओको लहर आउने पक्का भएको छ ।

यसैबीच, नौ महिनापछि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु भएको छ । गत वर्ष फागुनमा सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासनपछि रोकिएको आईपीओ निष्कासन बुधबारदेखि सुरु भएको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा जारी गरेको छ । जसमध्ये १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर अंकित मूल्य सय रुपैयाँका दरले वैदेशिक रोजगारमा रहेकाहरूका लागि खुलेको हो ।

नेपाल धितोपत्र बोर्डको आईपीओ निष्कासनको पाइपलाइनमा नौ महिनामै ४२ कम्पनी थपिएका थिए । गत वर्षको २० फागुनयता ४२ कम्पनी थप भएको बोर्डले जनाएको छ । यीसहित अब आईपीओ निष्कासनको पाइपलाइनमा रहेका कम्पनीको संख्या ७६ पुगेको छ ।

नयाँ थपिएका ४२ कम्पनीले १५ करोड ४५ हजार २ सय ६९ कित्ता सेयर निष्कासन गर्नेछन्, जसबाट १७ अर्ब ९० करोड ४९ लाख ९५ हजार ५० रुपैयाँ जुट्ने अपेक्षा गरिएको छ । यीमध्ये अधिकांश कम्पनीले प्रतिसेयर सय रुपैयाँमा आईपीओ जारी गर्नेछन् । केही कम्पनीले प्रिमियम दरमा सेयर जारी गर्ने तयारी गरेका छन् भने एक कम्पनीले प्रतिसेयर ५० रुपैयाँमा आईपीओ जारी गर्ने जनाएको छ ।

नयाँ सूचीकृत कम्पनीहरूमा जलविद्युत्, औषधि उत्पादन, होटल, केबुलकार, इन्भेस्टमेन्ट र सिमेन्टजस्ता क्षेत्रका कम्पनीहरू समावेश छन् । यसले बजारमा विविधता र लगानीकर्ताका लागि फराकिलो विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ ।

उत्पादन तथा प्रशोधन समूहका १५ वटा कम्पनीले २२ अर्ब ६८ करोड ४७ लाख ७६ हजार ६ सय ९६ रुपैयाँबराबरको ९ करोड १६ लाख ७५ हजार ६ सय ८४ कित्ता सेयर निष्कासन गर्न आवेदन दिएका छन् ।

होटल समूहबाट सातवटा कम्पनीले ३ करोड ५३ लाख ६० हजार कित्ता ३ अर्ब ३१ करोड १० लाख रुपैयाँको सेयर निष्कासन गर्न निवेदन दिएका छन् । अकामा होटलले प्रतिकित्ता ५०, जगदम्बा स्टिलले ३ सय, सौर्य सिमेन्टले २ सय ६४ रुपैयाँ ५१ पैसा, रिद्धिसिद्धि सिमेन्टले २ सय १४ रुपैयाँ १० पैसा, ह्याम्स हस्पिटलले २ सय ८८ रुपैयाँ, नेपाल ब्रोडकास्टिङ च्यानलले ५० रुपैयाँ, कैलाश हेलिकोप्टरले ३ सय २७ रुपैयाँ, शिवम् होल्डिङ्सले २ सय १० रुपैयाँ तथा छायादेवी कम्प्लेक्सले ४ सय रुपैयाँमा आईपीओ निष्कासनको प्रस्ताव गरेका छन् ।

हाइड्रोपावर समूहका ३७ वटा कम्पनीबाट १५ अर्ब ७३ करोड ९० लाख ४६ हजार ४ सय रुपैयाँबराबरको १५ करोड ७३ लाख ९० हजार ४ सय ६४ कित्ता सेयर निष्कासनका लागि निवेदन परेको छ ।

साथै, लगानी समूहतर्फ तीनवटा कम्पनीले २ अर्ब ८४ करोड ३३ लाख ५० हजार रुपैयाँबराबरको १ करोड ५६ लाख ७३ हजार ५ सय कित्ता सेयर निष्कासन गर्न आवेदन दिएका छन् ।

लघुवित्ततर्फ स्वस्तिक लघुवित्तले ८० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको छ भने माइक्रो इन्स्योरेन्स कम्पनीमध्ये ६७ करोड ५० लाख रुपैयाँबराबरको ६७ लाख ५० हजार कित्ता सेयर निष्कासन अनुमति माग गरिएको छ ।

अन्य क्षेत्रबाट १० वटा कम्पनीले ३ अर्ब ३२ करोड २८ लाख ४३ हजार ५ सय रुपैयाँबराबरको २ करोड ६५ लाख ६ हजार ४ सय ३५ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुरामा एक नगरपालिका सहित तीन स्थानीय तहमा काँग्रेस र माओवादीबिच कडा प्रतिस्पर्धा